जबरजस्ती करणी गर्ने युवक पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७६
rape-balatkar

पोखरा, ८ साउन । पोखराको लेकसाइड स्थित एक होटलको कोठामा १४ वर्षीया बालिकालाई बन्दक बनाई जबरजस्ती करणी गर्ने २८ वर्षीय राकेशकुमार कानोडियालाई कास्की प्रहरीले मंगलवार पक्राउ गरेको छ ।

मोरङ जिल्ला विराटनगर घरभई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोडिङ स्कुलका शिक्षक २८ वर्षीय राकेशकुमार कानोडियाले उदयपुर निवासी १४ वर्षीया बालिकालाई पोखरा–६ लेकसाइड स्थित डिहिकोपाटनको द कन्ट्री यार्ड होटलको एक कोठामा बन्दक वनाइ राखेको कास्की प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार केसीका अनुसार ती वालिकाले प्रयोग गर्ने मोवाइल समेत नियन्त्रणमा लिई अभिभावकलाई समेत सम्पर्क गर्न नदिई आठदिनदेखि बन्दकवनाई जबरजस्ती करणी गर्ने कार्यमा समेत कानोडिया सम्लग्न हुदै आएका थिए ।

विशेष सूचनाको आधारमा कास्कीको प्रहरी टोलीले उक्त होटलमा छापामारी बालिकाको उद्धार गरिउको हो भने कोनडियालाई नियन्त्रणमा लिएको हो । मंगलवार साँझ कानोडियालाई पक्राउगरी कानूनी कारवाही अगाडि वढेको छ भने बालिकालाई अभिभावकको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग