लमजुङ, ८ साउन । लमजुङका सात स्थानीय तह अझै दमकल बिहीन छन् । दमकल बिहीन सात स्थानीय तहमध्ये तीनवटा नगरपालिका हुन् ।
आगलागीका घट्ना जुनसुकै बेला पनि हुन सक्छ । गर्मी याम तथा हावाहुरी चल्ने समयमा बढी आगोलागीका घटना घट्ने हुने गरेका छन् । आगोलागीका घटना भएको खण्डमा त्यसको नियन्त्रणको पहिलो आधार भनेको दमकल हो । तर लमजुङमा रहेका आठ वटा स्थानीय तहमध्ये सातवटामा दमकलको व्यवस्था छैन । जिल्लामा रहेका आठ स्थानीय तह मध्ये बेसीशहर नगरपालिकासँग मात्रै आगलागी नियन्त्रणका लागि दमकलको ब्यवस्था छ । अन्य स्थानीय तहमा आपत परेको बेलामा अत्यावश्यक दमकलको व्यावस्था छैन ।
सुन्दरबजार नगरपालिकाको पाँच वटा वडामा दमकलले राम्रो सेवा दिन सक्ने अवस्था छ । ती वडा हुन्– ५ देखि ९ सम्मका वडाहरू । ती वडामा शहरीकरणको चाप बढ्दो छ । तर साँघुरो गल्ली राखेर निर्माण गरिएका घरका कारण दमकल भएपनि सेवा भने राम्रोसँग दिन सक्ने अवस्था छैन ।
दमकल रहेको बेसीशहर नगरपालिकाको शहरी क्षेत्रमा समेत साँघुरा सडकका कारण दमकलको सहज आवागमनमा बाधा उत्पन्न हुने गरेको स्थिति छ । एकमहिना अघि बेसीसहर नगरपालिका– ८ को सेराकुनामा भएको एक आगलागीमा ४ सय मिटरको दुरीको जिल्ला प्रहरी कार्यालयमा रहेको दमकल वडानं– ७ को पुरानो बैंक चोक, बुद्ध चोक हुँदै आउँनु पर्दा ५ मिनेटभन्दा बढी समय लागेको थियो ।
त्यस्तै, दमकलको सेवाका लागि दक्ष जनशक्ति नहुँदा कतै आगलागी भएको खण्डमा तत्काल सेवा प्रभावित हुने गरेको छ । जसका कारण बेलामा कहिले ढिलो पुग्ने त, कहिले बेलैमा पुगेपनि दमकलबाट पानि निकाल्न समय लगाउने भएकाले नगरको दमकल छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह हुन नसकेको स्थानीय दिपेन्द्र श्रेष्ठले बताए । यस बारेमा बेसीसहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालले घटना घटेको ढिलो जानकारी भएको बेला र कुनै कुनै बेला प्राविधिक समस्या भएको बेला बाहेक अन्य समयमा आगोलागी भएको स्थलमा चाडै र दक्ष कर्मचारीनै पठाउने गरिएको बताए । उनका अनुसार ठूलो आगोलागी घट्ना भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेका छन् ।
चार गाउँपालिकाका सडकसमेत कम भएका कारण तत्काल दमकलको आवश्यक नदेखिए पनि नगरपालिकाहरूमा भने आवश्यकता खड्किन थालेको छ । तर यसबारेमा नगरपालिकाहरूले कुनै योजना बनाएका छैनन् । यसबारेमा सुन्दरबजार नगरपालिकामा सम्पर्क गर्दा दमकल त किन्न भन्दा पनि पाल्न कठिन रहेछ, हाम्रो जस्तो आन्तरिक आय कम भएको नगरपालिकाले कसरी त्यो धान्ने ? भन्छन् मेयर जनकराज मिश्र । उनले भने, ‘तर पनि यो आवश्यकता हो। आउँदो वर्षका लागि किन्ने योजना बनाउने सोच छ ।’
त्यस्तै, आफ्नो नगर क्षेत्रमा दमकल प्रयोग गर्ने शाखा सडक नै बन्न बाँकी छ, ठूलो आगलागीको जोखिम कम छ र आगोलागी भई हाले बेसीशहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए । जिल्लाका अन्य सात स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए ।
जिल्लामा सानो आगोलागी हुँदा दमकल बिनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठुलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षति बढी हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको अनुसार, सबै स्थानीय तहमा दमकलको ब्यवस्था भएमा आगलागीबाट हुने धनजनको क्षति कम हुनेछ ।लमजुङमा रहेका स्थानीय तहमा चार नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
ओली चीन भ्रमण जाँदै
घार्मीमा बालाचतुर्दशी रौनक
hero news full width
मुख्य समाचार
तत्काललाई टर्यो पोखरा महानगरको लफडा
देशभरका कानून व्यवसायी पोखरामा
मंसिर २३, २०८१प्याब्सन स्पोर्टस् मिटः हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मंसिर २३, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१