पुष्पलाल श्रेष्ठ पार्टीप्रति बफादार–गुरुङ

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
p 07

पोखरा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवंम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जस्तोसुकै अपमान सहेरपनि पुष्पलाल श्रेष्ठ पार्टीप्रति बफादार भएकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सफल भएको बताए ।

४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा कास्कीद्वारा मंगलवार पोखरामा आयोजित नेपाल कम्युनिष्ट आन्दोलन र पुष्पलाल बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने–पुष्पलाल काँग्रेससँग मिल्यो भनेर उनलाई पार्टीकै नेताले गद्धार समेत भने तर उनले पंचायत ढाल्न काँग्रेससँग मिलेर अगाडि वढेका थिए ।

पछिल्लो राजनीतिक परिवर्तनपछि पनि काँग्रेससँग सहमति गरेर अगाडि नवढेकोभए नेपालमा सजिलै गणतन्त्र स्थापना हुन सक्ने थिएन, उनले भने– पुष्पलालको विचार गणतन्त्र स्थापना हुदापनि सान्दर्भिक बन्यो । कम्युनिष्ट र काँग्रेस मिलेर राजा फाल्यौ, लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यौ, संविधिान लेख्यौ जसका कारण अहिले नेकपाका नेता केपी शर्मा नेपालको प्रधानमन्त्री बनेका छन्, वि.स. २०७२ सालकै संविधानलाई टेकेर वहुदलीय प्रतिस्पर्धाबाट निर्वाचित जनप्रतिनिधि देशको तीनै तहको सरकारमा प्रतिनिधित्व गरिरहेका छन् ।
अझैपनि देशमा सामन्तवादका अवशेष छन् सामन्तबाद समाप्त नहुँदा अझैपनि हलिया, कमैया र दास प्रथा अझैपनि कायमै छ, नेपालमा १४ प्रतिशत जनता गरिबीको रेखामुनि छन् कम्युष्ट्रिपार्टी सर्वहारा र मध्यमवर्गको पार्टी हो, उनीहरुको समृद्धिको लागि वर्तमान सरकारले काम गर्छ, मुख्यमन्त्री गुरुङले भने– कम्युनिष्ट शासन भएको चीनमा ७० वर्षको समयमा दु्रत गतिमा विकास भएकै कारण अहिले विश्वकै शक्तिशाली राष्ट्र बन्न पुगेको छ ।

नेपालमा अझैपनि दलाल र नोकरसाही छन्, देशका सचिव, सिडियो लगायत उच्च पदस्र्थ कर्मचारी अझैपनि कुर्चीमै बसेर करोडौ रुपैयाँ कमिसन खाने गरेका छन्, परिश्रम बिना उनीहरुले करोडौ रुपैयाँ कमिसन खान हुन्छ की हुदैन ? उनको प्रश्न थियो ।

उक्त अवसरमा नेकपाका नेता एवंम प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले नेपालमा कम्युनिष्टहरु एकताका माध्यमद्वारा अगाडि वढ्नुको साथै पुष्पलालकै विचार प्रतिपादनले नेपालमा कम्युनिष्ट सफल भएको बताए ।

उन्माद र निरासाको अतिबादबाट पुष्पलालसँधै सजग रहे नेता अधिकारीले भने–नेकपा भित्र अहिले पार्टी अनुसाशन उलङ्घन भएको छ, पार्टीका केन्द्रीय स्तरका नेताहरु आफ्नै पार्टीका शीर्ष नेतालाई गालीगलौज गर्दै हिडेका छन्, त्यस्तो कार्य अराजकता हो ।

उक्त अवसरमा नेकपा कास्कीका जिल्ला इन्चार्ज राजकाजी गुरुङ, सह–इन्चार्ज सीता गिरी, नेकपा पोखरा महानगरका इन्चार्ज मानवहादुर जिसी लगायतले पुष्पलालका विचार अहिलेपनि सान्दर्भिक रहेको बताएका छन् ।
फोटो छ पुष्पलाल ।

Related News

सम्बन्धित समाचार

hero news full width