वाइडबडी काण्डमा मुद्दाचलाउन ढिला–लेखा सभापति

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
shaha bharat

बुटवल ७ साउन । प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले मुद्दा चलाउन ढिला गरेको बताएका छन् ।

िरपोर्टर्स क्लब प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा उनले भने –समितिले भ्रष्टाचार भएको ठहर गरेपछि त्यसको प्रक्रियाअघि बढाउने संबैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धानले बिभिन्न बहाना बनाई ढिला गरीरहेको छ । सभापति शाहले वाइडबडी काण्डमा साढे ४ अर्ब रुपैयाँ भ्रष्टाचार भएको हामीले प्रमाणसहित पेश गरेपछि कारबाही गर्नु पर्नेमा प्रधानमन्त्री आफै जथाभाबि बोल्दै हिड्नु लज्जास्पद भएको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी जहाज खरिदका प्रकरणलाई अघि बढाउन नचाहेको शाहको भनाइ छ । प्रधानमन्त्री ओली छानविन प्रक्रिया अगाडि वढाउनुको सट्टा पूर्व पर्यटन मन्त्री स्वर्गीय रवन्द्रि अधिकारी यस्तो राम्रो मान्छे हुनुहुन्थ्यो भ्रष्टाचारै भएको छैन भन्दै हिड्नु गलत हो । वाइडवडीमा भ्रष्टाचार भएको छ भन्नेहरुलाई न्यायधीश भन्दै हिड्ने प्रधानमन्त्रीले ओलीले भ्रष्टाचार भएको छैन् भन्दा उनी आफू न्यायधीश भएकी भएन् ?

शाह भन्छन्—वाइडबडी खरिद प्रकरणमा साढे ४ अर्ब रुपैयाँ भ्रष्टाचार भएकै हो, शुभरत्नलाई निलम्वन गर ,सचिबलाई कारबाही गर भनेकै हौं,कार्यान्वयन गर्ने निकायले गरेन ।’ अब हामी के गर्ने हामी त झक्झकाउने,यर्थात् कुरा बाहिर ल्याउने समिति न हो ।कारबाही गर्नेपर्छ,जो सुकै मुछिएपनि छोड्नु हुन्न, शाहले भने ।

साथै उनले वर्तमान दुई तिहाइको सरकार नै संघीयता असफल बनाउने दिशामा लागेको आरोप लगाए । सबै अधिकार प्रधानमन्त्रीले आफ्नो मातहत राख्न खोज्ने, संविधानको मर्म बिपरित प्रदेश सरकारलाई निकम्मा बनाउने,प्रदेशलाई अधिकारै नदिने,प्रदेश र स्थानीय सरकार केन्द्रसरकार मातहत हो भन्दै हिड्ने यस्ले के संकेत गर्छ।

प्रधानमन्त्रीले एक्लै सेना परिचालन गर्ने गरि बिधेयक ल्याउदैछन्,हामी बिरोधमा छौं उनले भने—गुठी बिधेयक,मानव अधिकार आयोग सम्बन्धि बिधेयक,मिडिया काउन्सिल बिधेयक, यी सब के हुन् ,कुन उद्धेश्यले आएका हुन् ?
ल एण्ड अर्डर प्रदेशमै हुनुपर्ने भन्दै शाहले सिडिओ पनि प्रदेश मातहत हुनुपर्ने बताए । मुद्दा मामिला,दण्ड जरिवाना,कर राजश्व सबै केन्द्रले नै गरेपछि प्रदेशको के काम उनले भने –छिमेकी भारत र पाकिस्थानमा संघीयताको कार्यान्वयन कस्तो र कसरी भैरहेको छ भनेर हेर्नुपर्ने भन्दै शाहले प्रदेशका अधिकार केन्द्रले तान्न नहुने बताए ।

बजेटको आधा हिस्सा साढे ६ खर्ब बेरुजू हुँदा नेपालप्रति अन्र्तराष्ट्रिय निकायले हेर्ने दृष्टिकोण समेत नराम्रो भएको भन्दै यसरी लगानी भित्रिन गाह्रो हुने बताए । सबै बेरुजू भ्रष्टाचार होइन तर बेरुजू धेरै हुँदा शंका धेरै हुन्छ, अहिले दातृ निकायले भन्न लागेका छन तिमीहरु कति अव्यवस्थित र अपारदर्शी छौ ।’उनले भने ।

कांग्रेस नेता समेत रहेका उनले सरकार गतल बाटोमा हिडेकोले जनताले नरुचाएको बताए । जताततै कर बढाइएको छ,हत्या हिंसा,बलात्कार,दुर्घटना बढेको बढै छन् सरकार निदाएर बसेको छ ।’इन्टरनेटमा ४२ प्रतिशत ट्याक्स संसारमा कहि छैन ,किताबमा १० प्रतिशत ट्याक्स हरेक सामानमा ३० देखि ३५ प्रतिशत कर लगाइदा जनता मर्कामा परेको शाहले प्रष्ट पारे ।

भिसिटी सिस्टम अब्यबहारिक भएको भन्दै उनले सरकारलाई बुझेर जानेर मात्रै लागु गर्न आग्रह गरे । ‘अहिलेपनि हातैले लेख्ने बिल काट्ने धेरै ब्यापारी छन् ,नेटमा सबैको पहँुच छैन,सबै हिसाब नेटमा राख्नुपर्यो नी यो अब्यबहारिक भो ।’उनले भने ।

लेखा समितिले असार र जेठमा साढे ६ खर्ब बेरुजुको हिसाब भेटाएको उनले जानकारी दिए ।८ उपसमिति बनाएर मन्त्रालय,बिभाग र संस्थानमा बेरुजुको छलफल भएर टुंगायौं ,महालेखा प्रतिबेदन आयो भने बल्ल सार्वजनिक लेखा समितिले हेर्ने हो ,अब बेरुजु घटाउनुपर्छ ,बेरुजुमा २ खर्ब म्याद नाघेको,सोध भर्ना १ खर्ब भेटियो, उनले भने ।

नेपाल बिद्युत प्राधिकरणले ९ अर्ब ९ करोड बक्यौता उठाउनुबाँकी रहेको छ । डेडिकेटेड लाइन र,टङ्क लाइन ,पैसा उठेकै छैन ।’ एनसेलमा पनि ६५ अर्ब भष्ट्राचार भएको लेखाको निचोड निकालेको उनले बताए । अहिले सर्बोच्चको स्टे अडरले काम रोकिएको शाहले बताए ।

केन्द्रको कोलेनिकाले सूचना लुकाएको भन्दै शाहले असार मसान्तका बेला प्रतिबेदन सार्बजनिक गर्ने बेला वेवसाइट यो,ह्याक गरेकोले हाम्रो ध्यान त्यता पनि गएकोछ हामीले केहिदिनमै छलफल गछौ , उनले भने । कार्यक्रम क्लबका प्रदेश प्रमुख राम कुमार क्षेत्रीको अध्यक्षता र प्रदेश सदस्य कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width