पहिरोले लोकमार्ग अवरुद्ध

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
BP-Highway-sindhuli

बागलुङ, ७ साउन । बागलुको अम्रिसे खोल्सामा आएको पहिरोले मंगलवार विहान मध्यपहाडप्ी लोकमार्ग अवरुद्ध बनेको छ ।

बागलुङ जिल्ला गल्कोट नगरपालिक वडा नं ७ र ९ को बीचमा रहेको अम्रिसे खोल्सामा आएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो । मध्यपहाडी लोकमार्गको शाखा सडकको रुपमा खनिएका मोटरबाटोबाट पहिरो खस्दा बेलाबेलामा लोकमार्ग अवरुद्ध हुँदै आएको छ ।

केहीदिन पहिले पनि सोही अम्रिसे खोल्सामा आएको पहिरो २२/२३ घण्टा लोकमार्ग अवरुद्ध बनेको थियो । अहिले लोकमार्ग पुरै अवरुद्ध बनेको छ । बुर्तिवाङ तिरबाट छुटेका सवारी साधनहरु र बुर्तिवाङतिर जाने सवारी साधनहरु अम्रिसे खोल्सामा जाम परेका छन भने यात्रुहरुले सास्ती भोग्नु परेको छ । पहिरो पन्छाउने काम सुरक्षाकमीृले गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width