मुक्तिनाथ बैंक र ग्राण्डी अस्पताल सहकार्य

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
Grandee_Fotor

मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाडौंबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतापत्रमा ग्राण्डी अस्पतालतर्फबाट बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंक लि. तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे। सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भीसा डेबिट कार्डवाहक ग्राहकले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवामा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ।

मुक्तिनाथले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटीएम र ६ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भीसा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width