यतिको भैरहवा र भरतपुरमा उडान

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
yeti airlines

यति एयरलाईन्सले पोखराबाट भैरहवा र भरतपुर उडान भर्ने भएको छ।

साउन १६ देखि भैरहवा र भदौ १५ देखि भरतपुर उडान गर्न लागिएको कम्पनीले जनाएको छ। भदौ २९ देखि माउण्टेन फ्लाईट गर्ने तयारी पनि भैरहेको एयरलाईन्सका सिनियर प्रबन्धक भीमराज राईले जानकारी दिए।

पर्यटक लक्षित गर्दै सिजन लागेपछि माउण्टेन फ्लाईट हुने उनको भनाइ छ। ३० सीटर स्टीम जहाजबाट उडान भर्न लागिएको हो। पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २० देखि २५ मिनेटको हुने छ।

हाल पोखराबाट काठमाडौं, मुस्ताङको जोमसोम, भरतपुर, भैरहवा उडान हुँदै आएको छ। यसअघि बुद्ध एयरले पोखराबाट भैरहवा र भरतपुरमा दैनिक एक उडान थालेको हो। बुद्धले १९ सिट क्षमताको सानो जहाजबाट उडान भर्दै आएको छ। यतिले त्यो भन्दा ठूलो जहाज सो रुटमा उडाउन लागेको राईले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width