पहिरोले बगाउँदा गुल्मीमा ६ को मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
Bhoje Pahiro@Lamjung

पोखरा, ७ साउन । साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीका ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन ।

जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धनबहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठगप्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराइरहेको वताइएको छ । राति घरमा सुतीरहेको अवस्था माथिवाट पहिरोले तीन घरहरु वगाएर करिब ५० मिटर तल पु¥याएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले वताए ।

राती घरमा भल पस्दा गाउँपालिका ३ ठूलो लुम्पेकका तिलबहादुर त्रामुकी श्रीमती ३० बर्षीया तीलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जीतबहादुर त्रामुले जानकारी दिए। उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनि त्रामु घाइते भएका छन ।

अबिरल बर्षा भइरहेका र ठाउँठाउँमा पहोका कारण सडक अवरुद्ध हँुदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण घटनास्थलमा जान समय भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको छ । यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width