विप्लब म्याग्दीका सेक्रेटरी र इन्चार्ज पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७६
maxresdefault

म्याग्दी,७ साउन । नेत्रविक्रम चन्द्र नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका जिल्ला सेक्रेटरी र इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेकपा म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

लुकिछिपी ग्रामीण बस्तीमा बस्दै आएको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले बेनी नगरपालिका–३ भकिम्लीको नयाँपुलबाट क्षेत्री र शाक्यलाई प्रक्राउ गरेको हो ।मोटरसाईकलबाट ग्रामीण बस्तीतर्फ जाँदै गरेका प्रतिबन्धित बिप्लब समुहका नेताद्वयलाई नियन्त्रणमा लिएपछि आबश्यक कानुनी प्रकृया अघि बढाइएको प्रनाउ मरासिनीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width