सिसी क्यामराबाट प्रहरी निगरानी

आदर्श समाज सम्वाददाता
श्रावण ६, २०७६
OLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

नवलपरासी, ६ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासी, बर्दघाट र सुनवल गरी तीन मुख्य बजारमा प्रहरीले सिसी क्यामराबाट निगरानी कार्यलाई तीव्रता दिएको छ ।

सवारी दुर्घटना, सुरक्षा संवेदनशीलता, अपराध अनुसन्धान तथा नियन्त्रणका साथै शान्ति सुरक्षा कायम गराउने उद्देश्यले ३ मुख्य बजारको १८ स्थानमा सिसी क्यामरा जडान गरी निगरानी तीव्र पारेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश सरकार ५ नम्बरको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा उक्त सिसी क्यामरा जडान गरिएको हो । परासी बजारमा ८ वटा, सुनवलमा ५ वटा र बर्दघाट बजारमा ५ वटा गरी १८ वटा सिसी क्यामरा जडान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width