लगातार १५ हिट फिल्मले खन्ना सुपरस्टार

एजेन्सी
श्रावण ६, २०७६
rajesh khanna

हिन्दी फिल्मको पहिलो सुपरस्टार राजेश खन्नाको निधन सन् २०१२ मा मुम्बईमा भएको थियो। २९ डिसेम्बर १९४२ मा पञ्जाबको अमृतसरमा जन्मिएका उनको वास्तविक नाम जतिन खन्ना हो।

बलिउडमा सबै प्रेमले उनलाई ‘काका’ नामले बोलाउने गर्दथे। उनले आफ्नो फिल्म करिअरमा थुप्रै सुपरहिट फिल्म दिएका थिए। कलाकारको रुपमा उनले आफ्नो जुन छाप छाडेका छन्, मानिसहरु उनलाई आज पनि याद गर्दछन्।

एक समय राजेश खन्नाले एकपछि अर्को लगातार १५ वटा हिट फिल्म दिएका थिए, जसकारण उनीसँग काम गर्न निर्माता र निर्देशक मरिहत्ते गर्दथे। त्यसबेला उनीसँग काम गरेपछि करिअर पछाडि हेर्ने नपर्ने सोचाई व्याप्त थियो। राजेश खन्नाको उपस्थिति नै फिल्म हिट बनाउन काफी हुने गर्दथ्यो। उनी अभिनेतासँगै निर्देशक तथा निर्माता पनि हुन्। ७औं पुण्यतिथिको अवसरमा जान्नुहोस् उनीसँग जोडिएका १० कुरा।

राजेश खन्नाले कूल १८० वटा फिल्ममा काम गरे, जसमा १६३ फिचर फिल्म थियो। उनले २२ वटा फिल्ममा दोहोरो भूमिकासँगै १७ वटा सर्ट फिल्ममा पनि काम गरे। १९६९ देखि १९७१ भित्र उनले १५ वटा सोलो हिट फिल्म दिएका थिए, जसले उनलाई बलिउडको सुपरस्टार बनाएको थियो। राजेश खन्नालाई फिल्ममा सर्वश्रेष्ठ अभिनयका लागि तीनपटक फिल्म फेयरको पुरस्कार मिलेको थियो भने १४ पटक मनोनित भएका थिए।

बंगाल फिल्म जर्नि्लस्ट एसोसिएशन द्वारा हिन्दी फिल्मको सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पनि चारपटक उनकै नाममा रहेको थियो। भने, २५ पटक मनोनितमा परेका थिए। राजेश खन्ना फिल्म ’आनन्द’ को सेटमा निकै ढिलो पुगेका थिए, जसकारण निर्देशक निकै रिसाएका थिए। त्यसबेला उनले निर्देशकसँग माफी समेत मागेका थिए।

राजेश खन्नाले एकपटक अमिताभ बच्चनको मजाक पनि उडाएका थिए। किनकि, अमिताभ सेटमा समयमा नै पुग्ने गर्दथे। एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘अमिताभ मान्दछन् कि क्लर्क समयको पक्का हुन्छ र त्यो कुनै क्लर्क नभएर कलाकार हो। ’ एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘फिल्म ’आनन्द’ बाट मिलेको सफलतापछि मलाई म भगवानको सामुन्ने छु जस्तो लागेको थियो। पहिलो पटक मैले महशुस गरेको थिए कि सफलता के हुन्छ। मलाई याद छ बेंगलुरूमा फिल्मको प्रिमियर भएको थियो। करीब दस माइलसम्म सडकमा मान्छेको टाउकोभन्दा अरु केही देखिएको थिएन। ’

राजेश खन्नाले स्वीकार गरेका थिए कि सलीम(जावेद र उनीबीच मतभेद थियो। उनले भनेका थिए, ‘यश ‘दीवार’ का लागि मलाई साइन गर्न चाहन्थे। उनीसँग अरु विकल्प थिएन। सायद पछि उनलाई लाग्यो कि अमिताभ बच्चन यो फिल्मका लागि बढी ठिक छन्। फिल्म हेरेपछि मैले अमिताभको तारिफ गरेको थिएँ। ’ राजेश खन्नाले कयौं हिन्दी फिल्ममा काम गरेपछि राजनीतिमा पनि प्रवेश गरेका थिए। उनी दिल्ली लोकसभा सिटबाट पाँच वर्षसम्म कांग्रेस पार्टीका सांसद रहेका थिए। तर, पछि उनले राजनीतिबाट सन्यास लिए। बलिउडका डान्सिङ लेजेन्ड जितेन्द्रलाई पहिलो फिल्ममा अडिसन दिनका लागि क्यामेराको अगाडि बोल्न राजेशले नै सिकाएका थिए। जितेन्द्र र उनकी श्रीमती पनि राजेश खन्नालाई ‘काका’ नामले बोलाउने गर्दथे।

१९६६ देखि १९७२ को दशकमा राजेश खन्ना र फेशन डिजाइनर तथा अभिनेत्री अञ्जू महेन्द्रूको बीच प्रेम प्रशंग चर्चामा थियो। पछि उनले अभिनेत्री डिम्पल कपाडियासँग मार्च १९७३ मा विवाह गरे। राजेश खन्ना र उनकी छोरी ट्विंकल खन्नाको बर्थडे २९ डिसेम्बरमा नै पर्दछ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width