पर्यटकीय लभ्लीहिल मार्गमा वृक्षारोपण

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
jci

पोखरा, ५ साउन । म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल जाने बेनी–मोना–लभ्लीहिल पदमार्गमा वृक्षारोपण गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा शनिबार एक कार्यक्रमकावीच वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण गर्दै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्नुका साथै पर्यटकीय स्थलमा आउने पर्यटकलाई टेवा पुग्ने बताए । पर्यटकीय स्थल लभ्लीहिलमा घुम्न आउने पर्यटकलाई लक्षित गरी वृक्षारोपण गरिएको जेसीजका अध्यक्ष खम थापा मगरले बताए ।

जेसीजका अध्यक्ष मगरको नेतृत्वमा भएको वृक्षारोपण कार्यक्तममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेपाल जेसिजका पूर्व अध्यक्ष धनन्जय श्रेष्ठ, शाखाका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ लगायतका पूर्व अध्यक्ष र कार्यसमितिहरुको उपस्थितमा ५० भन्दा बढी फूलहरुको बोटहरु रोपिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width