महोत्सव पूर्व सन्ध्यामा नाकोडस व्याडमिन्टन

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०७६
IMG-e4eaee884d4df2af54e57bf28ac7f302-V_Fotor

दोश्रो नाकोडस मिलिजुली खुला व्याडमिन्टन प्रतियोगिताको उपाधि मदन बस्नेत र वसन्त पौडेल जोडीले जितेको छ । फाइनलमा सुशीलकुमार श्रेष्ठ र खगेन्द्र थापाको जोडीलाई पराजित गर्दै सो जोडीले उपाधिसहित १५ हजार पुरस्कार जितेको छ । उपविजेताले १० हजार पुरस्कार जित्यो ।

नव आदर्श सामुदायिक विकास समाज (नाकोडस) लामाचौरले आयोजना गर्ने तीज महोत्सव पूर्व सन्ध्यामा शनिवार सो प्रतियोगिता भएको हो । यस्तै, भीम छन्त्याल, कृष्ण बस्नेतको जोडी तथा इसान खड्का र छविलाल तिमिल्सिनाको जोडी सेमिफाइनल पुगेकोमा जनही २ हजार ५ सय रुपैयाँ प्रदान गरिने भएको छ । सुरक्षेश्वर मन्दिरको व्याडमिन्टन कोर्टमा दुई दिन चलेको खेलमा ८ टिमको सहभागिता थियो । त्यसैगरी, ५० वर्षमाथि उमेर समूहतर्फको व्याडमिन्टन प्रतियोगितामा कृष्ण श्रेष्ठ र केदार भट्टराईको जोडीले उपाधि जितेको छ । महेन्द्र गुरुङ र रामचन्द्र पुनको जोडीलाई पराजित गर्दै सो जोडीले उपाधिसहित १५ हजार र उपविजेताले १० हजार पायो । पुरस्कार तीज महोत्सव अवसरमा वितरण गरिने आयोजकले जनाएको छ ।

सेमिफाइनलसम्म पुग्ने राजेन्द्र थापा र सुमन बस्नेत तथा सुवास अधिकारी र राजु सुनारको जोडीले जनही २ हजार ५ सय रुपैयाँ पाए । खेलमा १२ टिमले भाग लिएका थिए ।

समापनमा एन्फा केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण थापा, समाजसेवी मदनबहादुर खत्री, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष कमल बहादुर थापा, सचिव दिनेश भण्डारी, प्रतियोगिताका संयोजक विशाल खड्का, महोत्सवका खेल संयोजक सुशीलकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

तीज महोत्सव भदौ १२ देखि १६ सम्म हुँदैछ । इन्द्रराज्य लक्ष्मी माविको परिसरमा हुने महोत्सवको आवश्यक तयारी जारी रहेको महोत्सव प्रचार संयोजक बुद्धि खत्री क्षत्रीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width