सहकारीले लाभांशमात्र नबाँडौ : जिसी

एजेन्सी
श्रावण ५, २०७६
mayor gc_Fotor

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारीले शेयर सदस्यलाई लाभांश बाँड्नेमात्र नभई मुलुकको समृद्धिको आधार बन्नुपर्ने बताएका छन् ।

घारीपाटन बचत तथा ऋण सहकारी संस्थाको प्रारम्भक साधारण सभा उद्घाटन गर्दै उनले एक सहकारी एक उत्पादनमा जोड दिए ।

कार्यक्रममा महानगर सहकारी व्यवस्थापन समिति अध्यक्ष तेजनारायण अधिकारीले सहकारी संस्थाहरुलाई कार्यविधि, निर्देशिका एवम् मापदण्ड तयार गरेर व्यवस्थित गर्ने तयारी भई रहेको बताए ।

नयाँ दर्ताभन्दा पनि मर्जको अवधारणालाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले पोखरा वडा १६ र १९ मा विभिन्न ५ वटा सहकारी मर्ज भइसकेको जानकारी दिए ।

महानगरमा पुराना ३ सय १४ र नयाँ दर्ता २८ गरी कूल ३ सय ४२ वटा सहकारी सञ्चालनमा रहेको बताए । उनले प्रधानमन्त्री स्वरोजगार, कृषिमैत्री मेयर कार्यक्रम, उपमेयरसँग महिलाजस्ता आर्थिक एवम् सामाजिक कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका योगी, छिमेकी सहकारीका अध्यक्षहरु हरिप्रसाद बास्तोला, रवीन्द्र श्रेष्ठ र ढाकाराम ढकाल, तोयनाथ लम्साल, उपाध्यक्ष कृष्णकला केसी, सहसचिव लिलबहादुर जिसी, सदस्य प्यारी गुरुङ लगायतले सहकारीको काम, कत्र्तव्य र अधिकारबारे चर्चा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width