विद्यार्थी अभिभावक उत्साहित

एजेन्सी
श्रावण ५, २०७६
gurukul 2_Fotor

गुरुकुल विद्यासदनले शनिवार स्वागत तथा उत्प्रेरणा अभिमुखी कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयका अध्यक्ष ई.धर्मराज कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गण्डकी बोर्डिङ स्कूलका पूर्व प्राचार्य रविप्रसाद बराल थिए भने कार्यक्रमको मुख्य आकर्षण तथा उत्प्रेरणाकर्ता डा. ताराप्रसाद गिरी रहेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष ई.धर्मराज कोइरालाले अहिलेको प्रविधि र ग्याजेटले सिर्जनात्मकता हराउँदै गएकोले विद्यार्थीले कलम र पेन्सील हातमा लिएर अभ्यास गरे मात्रै लक्ष्यमा पुग्न सकिने बताए ।

प्रमुख अतिथि रवि अर्यालले सफलताको सुत्र निरन्तरको साधना तथा सोही अनुरुपको वातावरण रहेको कुरा दोहोर्याए ।

विद्यालयका प्राचार्य अच्युत पाण्डेले विद्यार्थीलाई गुणस्तरीय शिक्षाा दिलाउन निरन्तर लागि पर्ने कुरा बताए ।

व्यवस्थापन इन्चार्ज वसन्त श्रेष्ठ तथा एकेडेमीक डिन रवि कार्कीले विद्यार्थी र अभिभावक गुरुकुल खोज्दा–खोज्दै सही ठाउँमा आइपुगेकोले अब विद्यार्थीलाई मान्छे बनाएर पठाउने जिम्मेवारी आफ्नो रहेको कुरा बताए ।

कार्यक्रमका सहजकर्ता डा. गिरी र अन्य वक्ताको भनाइबाट विद्यार्थी र अभिभावक उत्साहित भएका छन् । कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रमा सहभागीले विद्यालयले गरेको कार्यक्रमले नयाँ ज्ञान प्राप्त भएको बताएका छन् ।

विषयवस्तु केन्द्रित छलफल र अन्तक्रियाले पढाइप्रतिको आत्मविश्वास बढेर गएको धेरै विद्यार्थीको भनाइ छ ।

पोखराका चर्चित विद्यालयमा प्राध्यापन गराउँदै आएका गुरुहरुको संलग्नताले गुरुकुल विद्यासदन सबैको प्रिय बन्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width