रानीमहलको जग्गा व्यक्तिका नाममा

शरद शर्मा
श्रावण ५, २०७६
Rani Mahal2

ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता १६६ लाई कित्ता ६६० र ६६१ बनाई जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको छ ।

कित्ता १६६ को १३ रोपनी ९ आना २ पैसा क्षेत्रफलमध्ये कित्ता ६६० बनाई पाँच रोपनी तीन पैसा जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले प्रतिवेदनमा उल्लेख गरेको जानकारी गराए । मालपोत कार्यालयमा २०६० मङ्सिर १६ गते कित्ता नं १६६ बाट कित्ता नं ६६० र ६६१ काटिएको छ तर १६६ नम्बरको उक्त कित्ता जग्गा नापी विभाग, कित्ता नापी महाशाखाको अभिलेखमा भने कित्ताकाट नगरिएको पाइएको प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा ती दुई कित्तामध्ये ६६० नम्बरको कित्ता खङ्गेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठका नाममा मालपोत कार्यालयमा श्रेस्ता कायम गरिएको छ भने कित्ता ६६१ नापी कार्यालयमा नक्साङ्कन गरिए पनि श्रेस्ता भने कायम गरिएको पाइएको छ । ६६० नम्बरको कित्ताका मोही श्रेष्ठबाट पनि २०७२ साल असोज ५ गते मोही सारी अकैर्को नाममा बनाइएको छ ।

उनको नामबाट उक्त कित्ता नजरमान श्रेष्ठ, तारामान श्रेष्ठ, नीलम श्रेष्ठको नाममा नामसारी भएको मालपोत कार्यालयमा देखिन आएको बताइएको छ । आठ रोपनी ९ आना १ दाम १ पैसा क्षेत्रफल रहेको कित्ता ६६१ जग्गामा मोही महलमा चक्रपाणि पाण्डे, थपबहादुर थापा, दुर्गाबहादुर थापा रहेको मालपोत कार्यालयमा रहेको दर्ता कित्ताबाट देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ तर ती मोहीले भने जग्गा श्रेस्ता कायम गर्न सकेका छैनन् । “कित्ता १६६ नापी विभागबाट प्राप्त नक्सा कित्ताकाट नभएको तर नापी कार्यालय पाल्पाबाट प्राप्त नक्सामा कित्ताकाट भएको देखिएकाले कहिले कसरी कुन प्रमाणको आधारमा कित्ताकाट भएको हो”, प्रतिवेदनमा भनिएको छ, “सो नामसारी गर्दा के कुन प्रमाणका आधारमा नामसारी भएको हो प्रमाण खुल्ने कागजात नदेखिएकालेसो कार्य कानूनसम्मत देखिएन । ”

यसैगरी साविक बौद्धगुम्बा गाविस–२ मा रहेको सरकारी जग्गा कित्ता ४६७ पनि रानीघाट गुठी बनाई मोही थानबहादुर श्रेष्ठको नाम दर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त १२ रोपनी नौ आना दुई पैसा क्षेत्रफल रहेको जग्गा मोहीका नाममा दर्ता गरिएको हो ।

यसैगरी रानीमहलकै फूलबारी भनी छुट्टाइएको कित्ता ४६६ पनि कित्ताकाँट गरिएको पाइएको छ । १७ रोपनी १३ आना एक पैसा क्षेत्रफल रहेको उक्त जग्गा २०६२ माघ १८ गते नापी विभागमा शङ्कास्पद रुपमा पेन्सिललाइन कित्ताकाँट भएको देखिन आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । केन्द्रले रानीमहलको सरकारी जग्गा व्यक्तिका नाममा बनाएकामा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको केन्द्रका सूचना अधिकारी अर्यालले जानकारी दिए । रासस

Related News

सम्बन्धित समाचार

  • करार फालेर करार नियुक्त गर्दै महानगर

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । तीन महिनायता पोखरा महानगरपालिका करार कर्मचारी विवादले जेलिएको छ । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने शृृङ्खलाबाट गुज्रिरहेको पोखराको…
  • भलिबल क्रेज बढाउँदै टाइगर कप

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पोखरामा पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।…
  • पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा महानगरपालिकाको १६ औैं नगर सभा शुक्रबार सम्पन्न भएको छ । गत २८ पुसदेखि शुभारम्भ भएको नगर सभा सभामा पेस…
  • धारापानी माविको ७४ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । कास्कीको अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७४ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह शुक्रबार भएको छ…
  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…

hero news full width