गोर्खा फिटनेसद्वारा हरिहर गुफा सफाई

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
sarsafae3

पोखरा, ४ साउन । पोखरा–२० भलाम स्थित हरिहर गुफा परिसरमा सरसफाई गरिएको छ । पोखराको दीपमा रहेको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाले गुफा परिसरको सरसफाई गरेका हुन ।

गोर्खा फिटनेसले सामाजिक काममा समेत आफूहरु अगाडि वढ्नुपर्छ भन्ने उद्देश्यका साथ हरिहर गुफा परिसरमा सरसफाई गरिएको ट्रेनिङ सेन्टरका सञ्चालक डिबी लामाले बताए ।
शनिवार ट्रेनिङ सेन्टरमा विदा हुने भएकाले पशिक्षार्थीलाई सामाजिक काममा समेत अग्रसर हुने र नजिकका मठमन्दिर तथा प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने भावना युवामा जगाउँनका लागि सरसफाइ गरिएको बताइएको छ ।

पोखरा महानरपालिका वडा नम्बर २० का अध्यक्ष सीम गुरुङको सक्रियता र गोर्खा फिटनेस ट्रेनिङ सेन्टरको सहयोगमा सेन्टरमा रहेका २ सय ५० युवाले हरिहर गुफा प्राङगण र गुफा परिसरमा रहेको फुट ट्रयाकको दायाँबायाँका झाडी पन्छ्याउनुका साथै फुट ट्रयाकमा रहेका झारपातहरु हटाएर चिटिक्क पारेका थिए ।

हरिहर गुफा सन्यास आश्रमका उपाध्यक्ष अर्जुनबहादुर खत्रीले विशेष धन्यवाद ब्यक्त गरे । पोखरा नजिकै रहेको रमणीय स्थल हरिहर गुफा प्रचारप्रसारको अभावमा ओझेलमा परेको वताउदै गुफाको प्रचारप्रसार सहित यसको महत्वको बारेमा आम जनमानसलाई थाहा दिन सके गुफा पर्यटकको केन्द्रविन्दु वन्ने खत्रीको भनाइ छ ।

वडाध्यक्ष सीम गुरुङले भलामबासीले पर्यटकीय गन्तब्यको रुपमा रहेको हरिहर गुफाको संरक्षण गरिरहेको र आगामी दिनमा वडाको तर्फबाट सहयोग गरी गुफाको महत्वको बारेमा प्रचारप्रसारमा सहयोग गर्ने वताए । हरिहर गुफा भलामको मात्र नभइ समग्र पोखराको इतिहास बोकेको गुफा भएकाले यसको संरक्षण संगै प्रवद्र्धनका लागि वडा र आफु लागिपर्ने अध्यक्ष गुरुङको भनाइ छ । हरिहर गुफा आश्रममा हाल १० जना वृद्धवृद्धा आश्रित छन ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width