पोखरा, ४ साउन । गीताञ्जली साहित्य परिवारले २०० औ साधना प्रभात नियमित रचना वाचन गरी सम्पन्न भएको छ । कार्यक्रममा कविहरुले कविता, गीत, कथा, भजन, मुक्तक रचना वाचन गरे।
रामनाथ अधिकारी बलराम, धर्मराज अल्पायु, ढुण्डिराज ज्ञवाली, विष्णुप्रसाद पराजुली, गोविन्द पराजुली, टेकबहादुर कुमाल, सृजन ज्ञवाली, लक्ष्मण गौतम हिमाली, हेमन्त हितैसी, गंगाप्रसाद सुवेदी, चन्द्रवती आचार्य, दिप्सीना पौडेल (वर्ष ७), शेषमणि कोइराला, नरेन्द्र रानाभाट, शंकर ज्ञवाली, पे्रमकुमारी गुरुङ, भानुभक्त भण्डारी विविसी, दीपेन्द्र पहारी, शिवप्रसाद गौतमले रचना वाचन गरेका थिए।
संस्थाका अध्यक्ष शिवप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रामनाथ अधिकारी संगीले र सञ्चालन भानुभक्त भण्डारी क्षितिजले गरेका थिए।
ओपनर कुशल भुर्तेलको अविजित अर्धशतकसँगै पोखरा प्रिमियर लिगमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा काठमाण्डौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजीत गर्दै प्रतियोगितामा पोखराले सुखद सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो । जवाफमा पोखराले १ विकेट…
तपाइको विचार व्यक्त गर्नुहोस्