पोखरा । बेलायतकी हक्की टोली र पोखराको हक्की टोलीले पोखरामा शुक्रबार मैत्रीपूर्ण खेल खेलेका छन् ।
पोखरा रंगशालाको हक्की खेल मैदानमा भएको मैत्रीपूर्ण खेलको संयोजन नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले गरेका थिए ।
केही दिन अघिमात्रै बेलायतको हक्की खेलाडीहरुले हाई अल्टिच्युट मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–२, छुङ्खुर पाखोमा हक्की खेलेर झरेका हुन् । ५ हजार १९९ मिटर अग्लो विश्वकै हाई अल्टिच्युटमा हक्की खेलेको सम्भवतः यो पहिलो पटक हो ।
गिनिज बुक अफ अल रेकर्डमा नाम दर्ता गराउने उद्देश्यले बेलायती हक्की टोलीले हाई अल्टिच्युटमा हक्की खेलेको थियो । उनीहरुले हक्कीमा नयाँ रेकर्ड बनाएको दाबी गर्दै आएका छन् । त्यहाँ उनीहरुले एक घण्टा हक्की खेले । केहीलाई लेकसमेत लाग्यो । हक्की खेल हेर्न गाउँबाट दर्शकहरुलाई बटुलिएको थियो ।
पथ प्रदर्शकहरु खड्ग पन्त (शम्भु) र राजेन्द्र पन्तले हक्की टोलीलाई त्यहाँ पु¥याएका थिए । सम्भवत विश्वमा नै पहिलो पटक यति उचाई हाई हल्टिच्यूड भएको ठाउँमा हक्की पहिलो पटक खेलिएको हो । त्यहाँ हक्कीको पूर्वाधार भएर पनि होइन । थियो त केबल घरपझोङ गाउँपालिका ४ मा अवस्थित जनहित माध्यमिक विद्यालयको परिशर । दर्शक समेत गाउँ बाट बटुलियो ।
अन्तर्राष्ट्रियस्तरमै हक्की खेलको प्रर्वद्धन तथा विकास गर्ने उद्देश्यसहित इङल्यान्डका ३१ हक्की खेलाडीको टोली नेपाल आएको हो । उनीहरुलाई पथप्रर्दशक, व्यवस्थापन र समन्वयमा नरबा ट्रेक एन्ड एक्सप्रेसनले मिलाएको हो । हक्की फर हिरोजका डेबी ग्रेग्सन् सहितको टोली नेतृत्वमा १४ खेलाडी र लिंकन मिनिस्टर स्कूलका १७ हक्की खेलाडी छन् । हक्की टिचरमा हक्की फर हिरोज क्लबका जो फोरेस्टर र लिंकनका टोम इप्स र रिचर्ड इस्टन छन् ।
गण्डकी प्रदेश सरकारले मुस्ताङमा हाइ अल्टिच्युड तालिम केन्द्रको पूर्वाधार बनाउनका लागि डिपिआर गर्न बजेट विनियोजन गरेको छ । टोलीले मुस्ताङमा हक्कीको अनुभव समेत लिएको एडभेन्चर लाइभ साइन्सका इन्चार्ज डेबी गे्रग्सनले बताए । उनले जोमसोममा विद्यालयका विद्यार्थीलाई पनि हक्कीको अभ्यास गराएको जानकारी दिए । टोलीले मुस्ताङपछि पोखरामा अभ्यास र प्रर्वद्धनात्मक कार्यक्रम गर्ने जनाएको छ ।
तस्वीर : सुदर्शन रञ्जित
Related News
सम्बन्धित समाचार
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन
अली मियाँको स्मृतिमा फुटबल
विद्यार्थीलाई यौन दुव्र्यवहार आरोपमा शिक्षक पक्राउ
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१