मिस कल्चरलाई नेपाल आइसको साथ

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
Miss Culture Nepal

पोखरा । मिस कल्चर नेपालको छैठौं संस्करणलाई सिजि ब्रुअरी नेपाल प्रालि अन्तर्गतको नेपाल आइस बियरले मुख्य प्रायोजन गर्ने भएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, लोपउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गर्ने उक्त कार्यक्रमलाई सिजि ब्रुअरी नेपाल प्रालिले मुख्य प्रायोजन गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिजि ब्रुअरी नेपाल प्रालिको तर्फबाट कम्पनीका मार्केटिङ म्यानेजर मनिससिंह र पुष्पाञ्जलीकी अध्यक्ष शोभा गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै सिंहले नारीहरूभित्र लुकेर रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको साथै संस्कृति संरक्षण गर्ने अभियानमा आफूहरू पनि सहकार्य गर्न चाहेको बताए । आगामी दिनहरूमा पनि महिलाहरूको क्षेत्रमा गरिने हरेक कार्यमा साथमै रहेर अगाडि बढ्ने उनको प्रतिबद्धता थियो ।

त्यस्तै, आफूहरूले सदैव चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा थप उत्साहित बनेको र कम्पनीले पुष्पाञ्जली प्रति गरेको विश्वासलाई निरन्तर कायम राख्न संस्था सदैव लागि रहने संस्थाकी अध्यक्ष शोभा गौतमले बताइन् ।

प्रायोजक र आयोजकको सम्बन्ध नङ र मासु जस्तै हुनुपर्ने बताउँदै सिजि ब्रुअुरीका रिजनल सेल्स म्यानेजर सुबोध रिसालले निरन्तर रूपमा पुष्पाञ्जलीसँगको सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । प्रतियोगिताको अडिसन लिने कार्य केही दिनमा प्रारम्भ हुने आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • लायन्स पोखरा वर्किङ टुगेदरमा जनकराज पौडेल

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरको वर्ष २०२४/२५ अध्यक्षमा जनकराज पौडेल चयन भएका छन् । बुधबार अधिवेशनले क्लब उपाध्यक्षमा अमृतकुमार…

hero news full width