तीजको पहिरनमा मोडल जुना सुन्दास

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
Juna Sundas

पोखरा । यस वर्षको तीजलाई लक्षित गरेर हालैमात्र बजारमा आएको तीज गीत ‘चरी बस्यो’ बोलको तीज गीतमा जुनाले फिचरिङ दिएकी छन् ।

नृत्यमा जुनालाई खगेन्द्र बिष्टले साथ दिएका छन् । गायत्री थापाको शब्द, चर्चित गायिका देवी घर्ती र गायक महेन्द्र भण्डारीको सुमधुर स्वरले भरिएको यस वर्षकै पहिलो तीज गीतलाई शिव दर्शन फिल्मस प्रालिले युट्युबमार्फत बजारमा ल्याएको हो ।

गीतलाई दुई लाख १५ हजार भन्दा बढि दर्शकले हेरिकेका छन् । गीतले माया पिरतीको कथावस्तुलाई समेटेको छ । आफ्नो मान्छेको माया कति हुन्छ भन्ने कुरालाई गीतले बोलेको छ । ‘चरी बस्यो’ को गीतलाई निर्देशक मदन खड्काले निर्देशन गरेका छन् । करण चैसिरको छायांकन रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width