फ्राइडे रिलिज ‘घर’

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७६
Ghar, Film

पोखरा । फ्राइडे रिलिज अन्तर्गत हरर जनराको चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ ।

सुरक्षा पन्त, वेनिशा हमाल र अर्पण थापाको अभिनय रहेको चलचित्रलाई अर्पण थापाले नै निर्देशन गरेका हुन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘घर’ले विहानी शोमा दर्शकको साथ उत्साहजनक रुपमा पाएको छ । खासगरी हरर चलचित्रमा दर्शकको उपस्थिति कम हुने भएकोले पनि यसको ओपनिङ व्यापार राम्रो चल्यो ।

निर्माण पक्षले शुक्रबार बिहान चलचित्र पत्रकारहरुलाई समेत चलचित्र देखाएको छ । राजधानीमा आयोजना गरिएको प्रेस शोमा उपस्थित पत्रकारहरुले चलचित्रलाई रुचाएका छन् । कलाकार सुरक्षा पन्तले समेत पत्रकारसँगै बसेर चलचित्र हेरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width