‘जस्ट अनोदर लभ स्टोरी’

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
Just Another Love Stoty

पोखरा । वेब सिरिजमा ‘जस्ट अनोदर लभ स्टोरी’ को निर्माण हुने भएको छ ।

नायिका प्रियंका कार्कीको होम प्रोडक्सनको पहिलो कोसेलीका रुपमा वेब सिरिज ‘जस्ट अनोदर लभ स्टोरी’ को निर्माण गर्न लागिएको हो । प्रियंकाले यसै वेब सिरिजबाट निर्देशशनमा समेत डेब्यु गर्दैछिन् ।

दुई महिलाबीचको प्रेम र सम्बन्धको कथा बोकेको वेब सिरिजको गीत ‘पहार’को हालैमात्र टिजर सार्वजनिक समेत गरिएको छ । गीतमा कलाकार प्रियंका र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । गीत पहारको साउन ४ गतेबाट रिलिज गर्ने तयारीमा छ ।

आठ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुनेछ । सिरिजमा सृष्टि श्रेष्ठ र प्रियंका कार्की महिला समलिङ््गीको मुख्य भूमिकामा देखिनेछन् । शान थापाको कथा रहेको सिरिजमा प्रियंकाको पटकथा र संवाद छ । आयुष्मान देशराज जोशी ‘डीओपी’ छन् ।

‘एलजीबीटीआई’ समुदायले जुन महिनालाई ‘प्राइड मन्थ’ भनेर मनाउने गरेको छ । यही अवसरमा जुनको अन्तिम दिन यही समुदायको प्रतिनिधित्व गर्ने वेब सिरिजको फस्ट लुक समेत सार्वजनिक भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width