बलिथुमका घर पहिरोको जोखिममा

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
Balithum

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका– ८ बलिथुमका दुई घर पहिरोको उच्च जोखिममा परेका छन् । बर्षाका कारण उक्त वडाको रामदीबाट कटहरबोटे हुँदै बलिथुम जाने सडकमा पहिरो जाँदा गाउँका २ घर पहिरोको जोखिममा परेका हुन् ।

स्थानीय लालमाया परियार र उनका भतिज राजन परियारको घर जोखिममा परेको सोही वडाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । पीडित राजनका अनुसार सडक माथिको भाग भासिन थालेको एक साता भइसकेको छ । उनले भने ‘पानी निरन्तर पर्दा त्यँहाको जमिन झनै भासिएको र दुवै घरको आँगन समेत भासिएको छ ।

उनका अनुसार गाउँको विकास हुन्छ भनेर घर नजिकैबाट सडक बनाइँयो । तर, त्यँही बाटोले विनास गर्न लाग्यो । उनले भने ‘दिनरात डराइडराई बस्नु परेको छ । एकरात एउटाको घरमा बस्न जान्छौं । अर्को दिन कस्को घरमा जाने हुन्छ ।’ पहिरोको उच्च जोखिमा रहेका दुबै घरलाई सुरक्षित राख्नको लागि सडकबाट घरसम्म ग्याबिन जालिसहितको गाह्रो लगाउनु पर्ने स्थानीयले बताएका छन् ।

बेलुकी पानी नपर्दा घरमै बस्ने गरेपनि पानी पर्दाको समयमा घरमा बस्न सकिने अवस्था नरहेको लालमायाले बताइन् । उनका अनुसार घरबाट बाहिर जाने बाटो पुरै थुनिएको छ । पानीको पाईप पहिरोमा पुरिएर धारामा पानि समेत आएको छैन । २÷३ दिन भित्रै ग्याबिन जालीसहितको गाह्रो लगाई ती दुई घरलाई सुरक्षित स्थानमा सर्तक भएर बस्न अनुरोध गरेको वडाध्यक्ष कृष्णकान्त अधिकारीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width