बुद्धमूर्ति तोड्नेको पहिचानमा समस्या

प्रहरीकाे अनुसन्धान टोली गठन

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
murti buddha a btl (1)

बुटवल ३ साउन । बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्ध मूर्ति तोडफोडको घटनालाई लिएर चौंतर्फीरुपमा आलोचनाका स्वरहरु उठिरहेका छन् ।

घटनाका दोषी पहिचान गरी कानूनी कारवाहीको माग गर्दै चौंतर्फीरुपमा दवाब आएको हो । मूर्ति तोड्फोड गर्नेको पहिचान खुल्न कठिन भइरहेको छ, पहिचान गरी कारवाही गर्न ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायप उपरीक्षक (डिएसपीं भिमलाल भट्टरनईको संयोजकत्वमा ६ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।

उक्त घटनाप्रति राजनीतिक दल, मन्त्री, सांसद, तथा विभिन्न संघ–संस्थाले विज्ञप्ति नै प्रकाशित गरी बिरोध गरेका छन् । संघ, प्रदेश र स्थानीय तहका सरकारले पनि दोषीलाई कारवाही गर्नु पर्ने बताएका छन् । तर घटनामा सम्लग्नहरुको संकेत अहिले सम्म नमिलेको रुपन्देही प्रहरीले जनाएको छ । चौतर्फी दवाव आएकोले दोषीलाई पानीमुनि पुगेरै भएपनि पक्राउ गर्ने दावी जिल्ला प्रहरीले गर्दै आएपनि तोड्फोड् गर्ने व्यक्ति नजिक पुग्ने आधार प्रहरीले भेटेको छैन ।

मध्यरात र सुनसानको समयमा उक्त घटना घटाइएकाले प्रहरीलाई दोषी पहिचान गर्न निकै कठिन भइरहेको छ, तर घटना गम्भीर प्रकृतिको र संवेदनशील भएका कारण प्रहरीलाइृ थप चुनौती थपिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरी नायब उपरीक्षक भिमलाई भट्टराईको संयोजकत्वमा गठित ६ सदस्यीय अनुसन्धान टोलीले स्थानीयस्तरका प्रहरी चौकीका ईन्चार्जलाई राखेर अनुसन्धान अघि बढएको छ । अनुसन्धान टोलीका संयोजक भट्टराईले घटनामा सम्लग्नहरुको पहिचान गरेरै छाड्ने बताए । उनले भने – ‘समय लाग्ला तर पहिचान गरेरै छाड्ने छौं, यसका लागि आवश्यक सहयोग सबैको चाहिन्छ ।’

६ लेनको उक्त सडकमा सीसीटीभी नहुँदा अपराधि पत्ता लगाउन भने समस्या भएको उनको भनाई छ । प्रहरीका अनुसार सो क्षेत्रको एक निजी घरमा राखिएको सीसीटीभी हेर्दा रातीको २ बजेतिर सडकमा एउटा गाडी गुडेको देखिएको छ तर अन्य कुनै सवुत भेटिएको छैन । कतिपयले घटनालाई राजनीतिक तथा धार्मिक रंग दिन खोजेपनि यो विशुद्ध अपराधिक घटना भएको निश्कर्षमा प्रहरी पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width