ताजा तरकारीको मूल्य वढ्यो

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७६
tarkati btl

बुटवल ३ साउन । केही दिन यता व्यापारीले भारतबाट तरकारी मगाउन छोडेपछि बजारमा दैनिक उपभोग्य तरकारीको मूल्य आकासिएको छ ।

नेपालमा भारतीय तरकारी तथा फलफुलको विषादी परीक्षण थालिएपछि पनि तरकारी आयात कम भएको हो । तर बजार माग अनुसार नेपाली उत्पादनले धान्न नसक्ने भएपछि मुल्य आकासिएको व्यापारीले बताएका छन् ।बुटवल बजारमा तरकारीको मूल्य मंहगो हुँदा छोइसक्नु छैन ।

आपुर्ति रोकिएको मौकामा माग वढि भएपछि कालोवजारी पनि शुरु भएको छ । तर यसको अनुगमनका विषयमा भने सरकारी निकाय मौन बसेको छ । बुटवलमा गोलभेंडा, सिमी, तीतेकरेला, घिरौला, पुलगोभी तथा अन्य तरकारीको मूल्य पछिल्लो १० दिनमा दोब्वर वृद्धि भएको छ । शुक्रबार मात्र बुटवलको हाट बजारमा गोलभोंडा एक सय ६० मा बिक्री भएको छ ।

त्यसैगरी सिमी १ सय ५० रुपैयाँमा बिक्र भैरहेको छ । यस अघि दुबै तरकारीको मूल्य ७० देखि ८० रुपैयाँ प्रतिकेजी थियो । त्यसैगरी तीतेकरेलाको प्रतिकिलो १ सय रुपैयाँ, फुलगोभीको १ सय २० रुपैयाँमा मुल्य पुगेको छ । सिजनको तरकारी घिरौलाको मूल्य पनि आकासिएको छ । बजारमा घिरौलाको मुल्य प्रति किलो १ सय रुपैयाँ भन्दा वढि रहेको थियो । तरकारीको मूल्य बढेपछि उपभोक्ताले बजार अनुगमनको माग गरेका छन्

Related News

सम्बन्धित समाचार

hero news full width