तनहुँबाट १ अर्ब १७ करोड रुपैयाँ फ्रिज

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
65332704

तनहुँ, २ साउन । तनहुँ जिल्लाबाट गत आर्थिक बर्षको विकास बजेट १ हर्ब ३६ करोड फ्रिज भएको छ । गत असार महिनामा मात्रै ३६ करोड रुपैयाँ खर्च भएको देखिएको छ भने प्रदेश तर्फको पूँजीगत तर्फ २४ करोड रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यलय तनहुँले जनाएको छ।

अघिल्लो वर्ष ९१ करोड ४ लाख ८२ हजार ९५ फ्रिज भएको थियो । संघीय कार्यलयको प्रगति विवरण अनुसार चालूतर्फ २२ करोड पूँजीगत तर्फ २७ करोड र प्रदेश अन्तरगत चालु तर्फ१२ करोड र पूँजीतर्फ ५६ करोड ५३ लाख रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक विष्णुहरि वाग्लेले बताए । प्रदेश अन्तरगत चालूतर्फ कुल विनियोजित ६२ करोड २७ लाख रुपैयाँ मध्ये ४९ करोड ५३ लाख र पूँजीगत तर्फ विनियोजित ,१ अर्ब २० करोड ५ लाख मध्ये ६८ करोड ५८ लाख रुपैयाँ खर्च भएको उनले वताए ।

संघ अन्तरगत चालू तर्फ कुल विनियोजित ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ मध्ये ७ अर्ब १८ करोड ५८ लाख ८रुपैयाँ र पुजीगत तर्फ विनि १ अर्ब २६ करोड ६५ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँले जनाएको छ। हाल ४ जिल्ला तनहुँ ,लमजुङ ,गोर्खा मनाङ्ग जिल्ला यस कार्यलयले कामकारबाही गर्ने गरेको कार्यलयले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width