सहयोगीलाई मासिक एक हजार भत्ता

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६

लमजुङ, २ साउन । बेसीशहर नगरपालिकाद्वारा आर्थिक वर्ष २०७६/७७ मा वालविकास केन्द्रका कार्यरत सहयोगी कार्यकर्तालाई मासिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । सहयोगी कार्यकर्ताको लागि सरकारले दिने तलब न्यून भएको स्थितिलाई ध्यानमा राख्दै बेसीशहर नगरपालिकाले त्यस्तो व्यवस्था गरेको हो ।

बालविकासमा कार्यरत सहयोगी कार्यकर्ताको लामो समयदेखि तलब ज्याँदै न्यून भएको आवज उठिरहेको थियो । सोही स्थितिलाई ध्यानमा राख्दै नगरपालिकाले सामाजिक विकास कार्यक्रम अन्तरगत आर्थिक बर्ष २०७६/७७ को बजेटमा मासिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता थप दिने निर्णय गरेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले बताए । उनका अनुसार वालविकासमा कार्यरत सहयोगी कार्यकर्ताले यही साउन महिनादेखि मासिक एक हजार रुपैयाँ प्रोत्साहन भत्ता पाउने छन् ।

गत आव २०७५ /७६ को अवधिसम्म वालविकासमा कार्यरत सहयोगी कार्यकर्तालाई सरकारले मासिक ६ हजार रुपैैयाँ तलब दिँदै आएको थियो । बेसीशहर नगरपालिका शिक्षा शाखाका उपसचिव किसानराज चिलुवालले सरकारले अहिलेसम्म सहयोगी कार्यकर्तालाई ६ हजार दिँदै आए पनि २०७६/७७ को कार्यक्रम कार्यान्वयन निर्देशिका नआएकोले कति हुन्छ भन्न सकिने अवस्था नरहेको बताए ।

बेसीशहर नगरपालिका क्षेत्रभित्र समुदायमा आधारित ९ वटासहित कुल ४५ वटा वालविका केन्द्रमा प्रति केन्द्र एक जनाको दरले ४५ जना सहयोगी कार्यकर्ता रहेका छन् । नगरपालिकाले मासिक एक हजार थप गरी सहयोगी कार्यकर्ताको मनोवल उठाउने काम गरेको नगरपालिका प्रेस सल्लाहकार केसीले बताए । उनका अनुुसार यसरी नगरपालिकाले पाँच लाख ४० हजार रुपैयाँ व्यवभार बेहोर्नु पर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पोसाक भत्ता स्वरुप बार्षिक १० हजार रुपैयाँ दिने घोषणा गरेको छ । नेपालको संविधानले प्रारम्भिक बालबालिकाका लागि प्रारम्भिक वा बालविकासको हक नै सुनिश्चित गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले प्रारम्भिक बालविकास विद्यालय शिक्षाको संरचना भित्र समावेश गरेको छ । तर सरकारले बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई बषौंदेखि न्यून तलबमा काम लगाएको गुनासो रहँदै आए पनि अहिलेसम्म तलब वृद्धि गर्ने ठोस निर्णय गरेको छैन ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

स्याङ्जाको सुन्तला चीन निर्यात गर्न छलफल

बजार पाउँदै बागलुङको किबी

सौराहामा सडक महोत्सवको प्रचार

उत्पादन र उत्पादकत्वमा वृद्धि आवश्यक –कृषिमन्त्री

पोखरामा आकाशे पुलको सिलन्यास

प्रमुख समाचार

पीपीएलमा पोखराको सुखद सुरुवात

थप प्रमुख समाचार