क्यान्सर पीडितलाई ५० हजार सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
Cyansar

लमजुङ, २ साउन । लमजुङकी स्तन क्यान्सरको समस्याबाट पीडितलाई युएईमा संकलन भएको ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङको रोहबरमा ५० हजार रुपैया हस्तान्तरण गरेका हुन् ।

लमजुङको मस्र्याङदी गाउँपालिका– ७, ङादीकी ४५ बर्षीया सुनकाशी गुरुङलाई जिल्लाबाट युएईमा गएर बसेकाहरूले सहयोग गरेका हुन् । लमजुङ समाज युएईको अबुधावी क्षेत्रीय इन्चार्ज आइतराम गुरुङको नेतृत्वमा संकलन गरिएको हो । उक्त रकम बेसीसहरमा एक कार्यक्रमकाबीच पीडित सुनकाशीलाई हस्तान्तरण गरिएको छ । सहयोग रकम संकलन आइतरामका श्रीमती ईन्द्रा गुरुङले पीडित सुनकाशीलाई रकम हस्तान्तरण गरेका हुन् ।

लमजुङ समाज युएई, तमु समाज युएई लगायत विभिन्न संघसंस्थासंग आवद्ध महानुभावसंग संकलन गरिएको ५० हजार रुपैयाँ पीडित सुनकाशीलाई हस्तान्तरण गरिएको छ । हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहनु भएकी सुनकाशीलाई प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा सुनकाशीका छोरी विष्णु गुरुङ, गुरुङ फिल्मका नायक खेमराज घले, मस्र्याङदी गाउँपालिका– ६ नाइँचेकी नरकुमारी गुरुङ, दोर्दी गाउँपालिका– ७ दारिमबोटका अमृत गुरुङ लगायतको सहभागिता थियो ।

क्यान्सरको अप्रेसन गरेर उपचार गर्नुपर्ने र महंगो हुने भएकाले आफ्नो उपचारमा सहयोग गरिदिन पीडित सुनकाशीले आग्रह गरिन् । कहिल्यै नचिताएको रोग लागेको र आर्थिक अवस्था नाजुक रहेकाले सहयोग गरिदिन उनले आग्रह गरिन् । पीडित सुनकाशीको उपचारमा हालसम्म एक लाख रुपैँया बढी खर्च भएको परिवारले जनाएको छ । उनको उपचारका लागि युएईमा आर्थिक संकलन भइरहेको लमजुङ समाज युएईका महासचिव शिवजंग गुरुङले बताए । सुनकाशीको घरमा श्रीमान, १ छोरा र २ छोरी छन् ।
फोटो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width