रुपन्देहीमा बुद्धमूर्ति तोडफोड

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७६
murti buddha a btl

बुटवल, २ साउन । बुद्ध जन्मस्थल रुपन्देहीको बुटवल–भैरहवा सडकखण्डमा राखिएका ५ वटा बुद्धमूर्ति अज्ञात समुहले बुधबार राती तोडफोड गरेको छ । रातीको समयमा सडकको बीच भागमा रहेका मूर्ति तोडफोड भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

लुम्बिनी भ्रमण वर्ष घोषणको पूर्व सन्ध्यामा चैत्र महिनामा राखिएका मूर्ति तोडफोड भएपछि सर्वसाधारणहरुले दोषीलाई कारवाहीको माग गरेका छन् ।प्रदेश ५ सरकारले भ्रमण वर्षको अवसरमा बुटवलदेखि लुम्बिनीसम्म जाने सडकमा बेवी बुद्धको मूर्ति सडकमा राख्ने निर्णय गरी सम्वन्धित स्थानीय तहलाई त्यसको निमार्ण र व्यवस्थापनको जिम्मा दिएको थियो ।

सोही अनुसार तिलोत्तमा नगरपालिकालले आफ्नो क्षेत्र भित्र पर्ने सिक्सल्याड सडकको बीचमा बुद्धमूर्ति राखेको थियो । सकडको करिब दुई सय मिटरको दुरीमा पर्ने गरी त्यस्ता मुर्ति राखिएको थियो । गएराती ५ वटा मूर्ति तोडफोड भएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताए । उनका अनुशार एउटा मूर्तिनै १ सय ९ किलो तौलको भएकोलेतोडफोडमा समुह नै लागेको आशंका गरे ।

उनले सुरक्षा निकायलाई खवर भएको र दोषीलार्इृ पक्राउ गरी कारवाहीका लागि माग गरिएको पनि बताए । सो सडकखण्डलाई बुद्ध भूमिको झल्को दिनका लागि आफुहरुले २२ वटा मुर्ति निमार्णको गरेको नगरपालिकाले बताएको छ । कतिपय मूर्तिहरु निमार्ण गरी प्रतिस्थापन गर्न वाकी रहेको थियो ।

मूर्तिमा भएको तोडफोडलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । शान्तिका अग्रदुत महामानव गौतम बुद्धको मूर्ति तोडफोड गर्नेलाई तुरुन्त पहिचान गरी कारवाही गर्नुपर्ने माग सहित सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ । सिद्धार्थनगरपालिका लगायत अन्य स्थानीय तहले पनि सडकमा मुर्ति राख्ने तयारी गरिरहेका वेला मुर्ति तोडफोड भएपछि सडका सिसि क्यामरा राख्नु पर्ने आवाज पनि उठेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width