पोखरा । पोखरा महागरपालिका वडा नं २१ ले प्रथम रवीन्द्र स्मृति वडास्तरिय भलिबल प्रतियोगिता जितेको छ ।
पोखरा महानगरपालिका–५ को खेल मैदानमा भएको फाइनलमा वडा नं २१ ले वडा नं ३३ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै विजेता वडा नं २१ ले ७० हजार उपविजेता वडा नं ३३ ले ४० हजार पुरस्कार हात पा¥यो ।
मालेपाटन यूनाइटेड क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनल खेलमा वडा नं २१ ले २५–१९, २५–२२ र २८–२६ को तीन सेट जितेको थियो । प्रतियोगतामा वडा नं २३ का सुन्दर भण्डारी उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरी वडा नं २३ का मनोज सुनार वेष्ट डिफेन्डर, वडा नं २१ का सरोज थापा वेष्ट स्पाइकर, वडा नं ३३ का सुदिप सुनार वेष्ट व्लकर, वडा नं २३ का खेलाडी बिक्रम भूजेल वेष्ट सर्भर घोषित भए । वडा नं २० को टोली अनुशासित टिम बन्यो । उनीहरुले ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा बिजेता खेलाडीलाई वडा नं ५ का अध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी एवं विद्या भट्टराईलेलगायतले नगद, कप, मेडल र प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकी उपप्रध्यापक समेत रहेकी विद्या भट्टराईले यूवाहरुलाई स्व.अधिकारीले जहिले पनि प्रेरणा दिने गरेको उल्लेख गरिन् । अब खेलकुदमार्फत समृद्धि हासिल गर्न यसलाई व्यवसायिक र सृजनात्मक रुपमा अगाडि बढाउनुपर्ने धारणा राखिन् ।
क्लबले पहिलो पटक स्व रवीन्द्रको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा महानगरका १० वडाहरुको सहभागिता थियो । क्लबका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Related News
सम्बन्धित समाचार
आर्वामा भलिबल प्रतियोगिता हुने
अर्जुन कार्कीलाई एनसेल बाह्रखरी गल्फको उपाधि
पोखरामा बाह्रखरी गल्फ प्रतियोगिता सुरु
सूर्यतारा (नेकोस) खेल महोत्सवमा विविध प्रतियोगिता
पोखरा इन्डूरो रेस लक्षित गरी मार्सल तालिम
hero news full width
मुख्य समाचार
निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी प्रमाणित भए कारबाही गर्नेे प्रधानमन्त्रीको प्रतिबद्धता
चैत्र ६, २०८०पोखराको काहुँडाँडामा भीषण आगलागी
चैत्र ५, २०८०बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
चैत्र ५, २०८०मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
चैत्र ५, २०८०दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चैत्र ५, २०८०