‘मिस्टर नेपाली’को छायांकन पूरा

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
Mr Nepali

पोखरा । नेपाली चलचित्र ‘मिस्टर नेपाली’को छायांकन सकिएको छ ।

नियमित ४५ दिनको छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ । फिल्मका निर्देशक देव भुषाल हुन् ।

निर्माण युनिटले फिल्मको बिभिन्न पक्षमा समेत जानकारी दिएको छ । तिहारको छेको पारेर सार्वजनिक प्रदर्शनमा आउने यो फिल्म देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

नवलपरासी र काठमाडौमा छायांकन गरिएको फिल्ममा भूवन केसी दोहोरो भूमिकामा देखिदैछन् । केसीको अलवा फिल्ममा रीमा विश्वकर्मा, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणि नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको छ ।

प्रेमराज दाहालको लगानी रहेको फिल्ममा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन छ ।

Related News

सम्बन्धित समाचार

hero news full width