एक्यापद्वारा वार्षिक प्रगति समीक्षा

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
ca1Ec-881338c1-7aef-4d53-867d-5fa0309bbbfb

?

लमजुङ, १ साउन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय भुजुङले आर्थिक बर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्य प्रगतिबारे समीक्षा गरेको छ ।

समीक्षा कार्यक्रमका सहभागीहरूले मस्र्याङ्दी पूर्वचेपे नदी किनारसम्मको उत्तरी क्षेत्रमा पनि कार्यक्रम विस्तार गर्नका लागि एक्यापलाई विगत वर्ष जस्तै माग गरे पनि सुनुवाई नभएको गुनासो गरे । ती क्षेत्रमा एक्याप जस्तो संस्था नहुँदा जडिबुटी र पशुपंक्षीको चोरी निकासी चर्को रहेको र त्यसले वातावरण सन्तुलनमा समेत प्रभाव पारेको बताएका थिए । उनीहरूले संरक्षण समितिको कार्ययोजनामा समावेश नभएका नयाँ जडिबुटीहरूलाई समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।

इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले स्वागत गर्नुका साथै आर्थिक बर्ष २०७५/७६ मा भएका कार्यक्रमका बारेमा एक कार्यपत्रमार्फत सहभागीलाई जानकारी गराएका थिए । संरक्षण क्षेत्र भित्र बर्षभरी कार्यालयमार्फ गरिएका सामाजिक सचेतना जागरण, आर्थिक स्तरबृद्धिका कार्यक्रम तथा वातावरणीय सन्तुलनका क्षेत्रमा गरेको काम र उपलब्धिबारे बताए ।

कार्यक्रममा क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले आफू एक्यापसंग सहकार्य गरेर काम गर्न तयार रहेको बताउँदै समन्वय नहुँदा कतैकतै डुप्लिकेसन हुन सक्ने देखिएकोले सहकार्य आवश्यक छ भने । उनले संरक्षण कार्यालय र गाउँपालिकाबाट गरिने क्रियाकलाप एकै स्थानमा दोहोरिन सक्ने भएकाले सहकार्य र सल्लाह गरेर विकासका काम गर्नुपर्नेमा जोड दिए ।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले एक्याप क्षेत्रको बन्यजन्तु, वातावरणको संरक्षण र उक्त क्षेत्रका स्थानीयको आयस्तर बृद्धि गर्न सहकार्यका साथ अघि बढ्न गाउँपलिका तयार रहेको बताए । उनले भने, ‘गाउँपालिका एक्लैले मात्र काम गर्न असहज र समस्या हुने भएकाले एक्यापसंगै मिलेर प्रभावकारी हुने आफ्नो अनुभव र अनुभूति रहेको जानकारी दिए । पारदर्शीतापूर्ण कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिदै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जनताको हितमा काम गर्न अनुरोध गरे । डिभिजन वन कार्यालय लमजुङका डिभिजन अधिकृत मोहन काफ्लेले आफ्नो कार्यालयबाट पनि संरक्षणका काम भइरहेको र एक्यापले अझैं महत्वका साथ काम गर्नुपर्ने बताए ।

कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङका पशु विकास सहायक तथा सूचना अधिकारी पुरुषोक्तम मुडवरीले सञ्चालन तथा प्राकृतिक स्रोत संरक्षण सहायक बासुदेव न्यौपानेले कार्यक्रम समापन गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विकल्पमा अन्य संस्थालाई प्राकृतिक स्रोत र साधनको संरक्षणको जिम्मा दिनु पर्ने आवाज पनि उठिरहेका छन् ।

एक्यापको भुजुङ कार्यालय अन्तरगत लमजुङका तत्कालीन आठ गाउँविकास समितिका क्षेत्रमा एक/एक वटा संरक्षण क्षेत्र व्यवस्थापन समिति छन् । उक्त समीक्षा कार्यक्रममा ती समितिका अध्यक्ष तथा सचिव, एक्याप क्षेत्रका जनप्रतिनिधि तथा जिल्लाका क्रियाशील पत्रकारको सहभागितामा थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width