पोखरा, १ साउन । बैकल्पिक राजनीतिक शक्ति स्थापित गर्ने भन्दै समाजवादी पार्टी नेपाल प्रदेश नं. ४ गण्डकी प्रदेशका नेताको दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पार्टी समायोजन र भावी कार्ययोजना तयारीका बारेमा तनहुँको बन्दीपुरमा आयोजित भेलाका सहभागीले आउदो तीनवर्ष भित्रमा पार्टीलाई प्रदेश कै मुख्य पार्टी बनाउन जोड दिएका छन् । उक्त अवसरमा समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रदेश नं.४ मा तीन वर्षपछिको निर्वाचनमा ठूलो पार्टी हुने गरी अगाडी बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।
दुईदिने भेलामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु र प्रादेशिक समितिका पदाधिकारीहरुको अन्तरक्रियात्मक भेलालाई सम्बोधन गर्दै डा. भट्टराईले भने—प्राविधिक कारणले हाल गण्डकी प्रदेश नामाकरण गरिएपनि यस प्रदेश तमुवान–मगराँत प्रदेश नै हो ।
प्रदेश नं ४ शासकीय भुमि, चेतनशील र आर्थिक हिसाबले पनि समृद्ध भएकाले समाजवादीको उर्बर भुमि हुने दावी उनको छ । माओवादी आन्दोलनको बिरासत, मधेश, जनजाति र थरुहट आन्दोलनसहितको बैकल्पिक शक्ति नै समाजवादी पार्टी भएको उनको जिकिर थियो ।
पार्टीका केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवले बैकल्पिक राजनीतिक शक्ति स्थापित अभियानमा जुटेको समाजवादी पार्टी छिट्टै नै ठूलो पार्टीको रुपमा विकास हुने दावी गरे । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई गठित समाजवादी पार्टीको एकीकरण अभियान तल्लो तहसम्म तीव्र रुपमा लैजान निर्देशन समेत दिए ।
पार्टीलाई सशक्त र व्यवस्थित बनाउन महाधिवेशन अघि नै विधान अधिवेशन गरी नीति तथा विधानलाई व्यवस्थित तथा उत्कृष्ट बनाउने दावी गरे । यस अघि पार्टीका प्रदेश अध्यक्ष मोती रिजालले समायोजनसहित पार्टीका कार्ययोजना प्रस्तुत गरेका थिए । प्रदेश नं ४ का अध्यक्ष मोति रिजालको अध्यक्षतामा भएको दुई दिने अन्तरक्रियात्मक कार्यक्रममा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले पार्टी समायोजन र आगामी कार्ययोजनाका बारेमा विचारहरु प्रस्तुत गरेका थिए।
पोखरा, २४ मंसिर । १३ औं सागको पुरुष फुटबल अन्तर्गत फाइनल खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गरी स्वर्ण पदक हात पारेको छ । दोस्रो हाफमा नेपालले यससँगै २–१ को अग्रता लिएको थियो । खेलमा नेपालका लागि दोस्रो गोल सुनिल बलले खेलको ५३ औं मिनेटमा गरेका हुन् । खेलको १६ औं मिनेटमा नै नेपालले सुरुवाती…
तपाइको विचार व्यक्त गर्नुहोस्