२६ करोड रुपैयाँमा बिन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माण गरिने

आदर्श समाज सम्वाददाता
असार ३१, २०७६
66783364_506952050044428_4921001557266268160_n

पोखरा, ३१ असार । पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ ।

पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विविन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा फैलिएको गुठी जग्गामा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माण गर्न लागिएको हो ।

उक्त प्राकृतिक चिकित्सालयको मंगलवार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलन्यास गरेका छन् । पहिलो चरणमा १५ करोड रुपैयाँको लागतमा एक सय शैयाको प्राकृतिक चिकित्सालय निर्माण गरिने छ ।

विभिन्न संघसंस्था र व्यक्तिसँग सहयोग रकम जुटाएर उक्त चिकित्सालय निर्माण गर्न लागिएको हो । शिलन्यास भएकै दिन मंगलबार विभिन्न व्यक्ति र संस्थाबाट दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको जानकारी विनध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले दिए ।

चिकित्सालय निर्माणसँगसँगै उपचार पद्वतिलाई पनि अगाडि वढाइने छ, सचिव श्रेष्ठले भने–दोस्रो चरणमा १५ करोडबाट लगानी वृद्धि गरी २६ करोड रुपैयाँ पुर्याइने र बेड संख्यापनि सयबाट तीन सय पु¥याइने छ ।

उक्त अवसरमा वोल्दै पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको गहनाको रुपमा प्राकृतिक चिकित्सालय थपिनुको साथै आम नागरिकले सर्वसुलभ रुपमा उपचार सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे । उक्त कार्यक्रम विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width