प्रहरी पक्रदै, अदालत छाड्दै

आदर्श समाज सम्वाददाता
असार ३१, २०७६
4 arrested (1)

तनहुँ, ३१ असार । तनहुँ जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएका नेकपा बिप्लव समुहका ४ नेतालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार तनहुँ जिल्ला अदालत परिसरबाटै बिप्लब समुहका जंङ्ग बहादुर भण्डारी (आक्रोस),सन्तोस परियार (परिर्वतन), मिलन राई र काजी गुरुङ्गलाई राजद्रोहको अभियोग लगाउँदै पुनः पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारी कास्की जिल्ला सेकेटरी हुन । मिलन राई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, काजी गुरुङ्ग अखिल क्रान्तिकारीको कास्की जिल्ला अध्यक्ष र सन्तोष परियार कार्यकर्ता हुन । जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट पक्राउ परेका उनीहरुलाई असार ३ गते उच्च अदालत पोखराले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै रिहा गर्न आदेश दिएको थियो । रातभर अदालत परिसरमा बसेका उनीहरुलाई प्रहरीले असार ४ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँलाई बुझाएको थियो ।

राजनीतिक आस्थाकै आधारमा अदालतको आदेश बिपरित प्रहरीले पक्राउ गरेर आफूहरुलाई बारम्बार दुख दिने काम गरेको मिलन राईले बताए । सोमबार तनहुँ जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका उनीहरुलाई पुनः प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय स्याड्जाको पत्रअनुसा राजद्रोह मुद्दामा उनीहरुलाई पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अदालतले रिहा गर्नु र प्रहरीले बारम्बार पक्राउ गर्ने कार्य मानवअधिकार बिरोधी कार्य भएको इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width