बगरमा नयाँ व्यायामशाला संंचालनमा

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
Twon Gym Sports Academy

पोखरा । पोखराको बगरमा टाउन स्पोर्ट्स एकेडेमी नामको नयाँ जिम व्यायामशाला संंचालनमा आउने भएको छ ।

लामो समय मार्सल आर्टको खेलकुद क्षेत्रमा कृयाशील युवाहरुले व्यायामशालालाई संचालनमा ल्याउन लागेका हुन् ।

शारिरीक सुगठन र व्यायाममा चाहना राख्नेहरुका लागि फिजिकल फिट्नेश र बडी बिल्डिङका (यन्त्र जडित) सहितको सामग्रीहरुलाई अफरसहित व्यायामशालाको रुपमा स्पोर्ट्स एकेडेमी संचालनमा ल्याइएको हो ।

‘स्वस्थ नागरिक, समृद्ध नेपाल’ को अवधारणामा जिम सेन्टरलाई एकेडेमीकै रुपमा विकास गर्ने उद्देश्यले संचालनमा ल्याउन लागेको संचालक बलराम सुवेदीले बताए । सुवेदीका अनुसार विशेषगरी पृथ्वीनारायण क्याम्पस, बाटुलेचौर र लामाचौर क्षेत्रका युवाहरुलाई लक्षित गरेर पोखराको बगरमा जिम सेन्टर संचालनमा ल्याउन लागिएको हो ।

अमेरिकन फिट एण्ड स्ट्रङ कम्पनीमा निर्मित यान्त्रिक मेशिनहरुलाई जिम सेन्टरमा राखिएको संचालक नविन आचार्यले जानकारी दिए । २ करोड लगानीमा जिम सेन्टरलाई संचालनमा ल्याउन लागिएको उनको भनाई थियो । आचार्यले पोखरामै नयाँ मेशिन भित्राइएको बताए ।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न साथै ब्लड प्रेसर, माइग्रेन्ट रोगलाई व्यायाममार्फत कम गर्नका लागि व्यायामशालाबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउने संचालक गोविन्द मल्लले जनाए । मल्लका अनुसार व्यायामशालामा एअर कण्डिसन, तातोपानी र पार्किङको उपलब्ध छ ।

मासिक ३ हजार, १५ सय भर्ना शुल्कसहित व्यायामशालामा १० जना प्रशिक्षकहरु रहने संचालक अर्का संचालक वामदेव सुवेदीले बताए । उनका अनुसार विहान ५ बजेदेखि बेलुकी ९ बजेसम्म व्यायामशाला खुल्ला रहनेछ । एकै पटक १ सय ५० जनासम्मले व्यायाम गर्न सक्ने संचालक सुवेदीले बताए ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार विहान व्यायामशालाको उद्घाटन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width