भानुको जन्मघर अवशेष मात्र

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
Bhanu-Bhakta-Acharya-768×632

तनहुँ, ३० असार । नेपाली भाषा र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुराएका व्याक्तित्व, राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदी रम्धालाई साहित्यको मुलथलो मानिएको भएतापनि वत्तीमुनिको अध्यारो भनेझैं जन्मस्थल उचित संरक्षण अभावका कारण अझैसम्म ओझेलमा परेको छ।

तनहुँको भानु नगरपालिका ९४ चुँदी रम्धामा अवस्थित भानुभक्तको ऐतिहासिक धरोहर आचार्यको जन्मघरलाई हेर्न देश, विदेशबाट पर्यटकहरुको ओईरो लागेतापनि खण्डहरमा जलेर परिणत भएको अवशेष देखेर मन खिन्न भएको भन्दै विविध विधाका साहित्यकार र आन्तरिक एवं वाह्य पर्यटकहरुले भानुभक्तको घर छिट्टै पुनःनिर्माण गरिनुपर्र्नेमा जोड दिए।

भानुजयन्तीका अवसरमा विभिन्न साहित्यकारहरुले कविता र रामायणक वाचन गर्नुको साथै गीत,मुक्तक, वालुन नाँच विविध साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।
भानुभक्तको घर,गोठ ,टौवा खण्डहर भै जलेर नष्ट भएको १७ वर्ष वितिसक्दापनि राज्य ले कुनै चासो नदिनु दुखदभएको साहित्यकारहरुको भनाइ रहेको छ।

२०७३ चैत २२ गते भानु शिखर कटेरीको तत्कालीन मुख्य सचिव डा.सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र पश्चिमाच्ल विकास मंचका अध्यक्ष रामकाजी कोनेले,पूर्वमन्त्री माधव धिमिरे लगाएतका व्याक्तित्वहरुले शिलान्यास गरेको भएतापनि काम भने अधि वढ्न सकेको छैन । भानु जन्म स्थल विकास समितिले चर्को दवाव दिदाँपनि वेवास्ता गरेकोप्रति भानुभक्तका खनाती भक्त आचार्यले चिन्ता व्याक्त गरे।

२०५५ सालमा आदिकवि भानुभक्त नामक नेपाली कथानक चलचित्र भानुभक्त निर्माण गर्नेक्रममा भानु जन्म स्थल विकास समितिले भानुको धरको पुनः निर्माण गरेकोमा २०६० वैशाख ११ गते जङ्गलको ३ दिनको लगातारको डडेलोलाग्दा भानुको घर जलेर नष्ट भएको थियो । १० रोपनी क्षेत्रफलमा भानुको घर सहितफूलवारी,पोखरी,धर्मशाला,घरवास,संग्राहलय ,दृश्यावलोकन ,स्तम्भ ,चौतारी ,ढिक्की जाँतो ,डोको, नाम्लो लगायतका भौतिक पूर्वाधारहरु नजिक गाउँघर नभएकाकारण जङ्गलले घेरिएको र सरोकारवाला निकायहरुले कुनै चासो नदेखाएको भन्दै भानुभक्तका खनाती श्रीभक्त आचार्यलले सरकारको ध्यानाकर्षण हुनुपर्ने वताए ।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width