मर्मतका लागि सिद्धार्थ अवरुद्ध

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
sadak a (1)

बुटवल ३० असार । सिद्धार्थ राजमार्गको बुटवल –तानसेन सडकखण्ड सोमबार विहान १० बजेदेखि बन्द भएको छ ।

सडकखण्डको तिनाउ गाउँपालिका ३ दोभानप्रहरी चौकीदेखि सिद्धबाबा हेडबक्स क्षेत्रको सडक छेउछाउका ढुङगा र पहिरो हटाउन बिहान १० बजेदेखि सडक बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जानकारी दिएको छ ।

दिउसो ३ बजेसम्म सडकमा जम्मा भएको पहिरो हटाईने बताइएको छ । अहिले डोजर लगाई काम भइरहेको डिभिजन सडक कार्याल सडक डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर केदारप्रसाद नेपालले जानकारी दिए ।

यसबाट सावारी आवतजावतमा पर्न गएको असुविधा प्रति डिभिजन सडक कार्यालय क्षेमाप्रर्थी रहेको प्रमुख ईन्जिनियर नेपालले बताए । सडकमा ठूला–ठूला ढुंगा भएकाले त्यसलाई हटाउने कार्य भैरहेको छ । यस अघि हिजो अवरुद्ध सडक एकतर्फी संचालनमा आएको थियो । सो क्षेत्रको माथिल्लो भागमा पनि ठूला–ठूला ढुङगा अड्किएकोले यात्रा गर्न जोखिम रहेको छ ।

यस अघि शुक्रबार ढुङगा सहितको पहिरो खसेर एक जनाको मृत्यु भएको थियो । पहिरोले मोटरसाईकल नै वगाएको थियो । अहिले सडकको दुवै खण्डमा लामो सवारी साधनको लाईन लागेको छ । कतिपय यात्रुहरु पदैल मार्फत समेत गन्तव्यमा गैरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width