नगरपालिकाले शुरु गर्यो तरकारी खेती

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
001_tcm33-24745_w1024_n

लमजुुङ, ३० असार । लमजुुङको एक नगरपालिकाले ‘आफ्नै बारीको तरकारी’ अभियान शुरु गर्ने भएको छ । सुन्दरबजारमा सञ्चालन गरिएको छ दिने सहकारी ब्यावसाय तथा बजार प्रबद्र्धन तालिमको समापनका अवसरमा सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रले त्यस्तो जानकारी दिएका ह्न् ।

विशेष अतिथिको मन्तव्य व्यक्त गर्दै सुन्दरबजार नगरपालिकाका मेयर मिश्रले विषादी युक्त तरकारी बन्द गर्न आव्हान गर्नु हुँदै ‘आफ्नै बारीको तरकारी’ अभियान शुरु गर्ने अभियानमा नगरपालिका रहेको बताए । त्यस अनुसार आउँदो आवका लागि केही बजेटको समेत प्रवन्ध गरिएको उनले बताए । उनले त्यस कार्यको नेतृत्व नगरपालिका भित्र रहेका सहकारी संस्थाहरूलाई लिन आग्रह गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।

तालिम सप्पन्न कार्यक्रमको स्वागत मन्त्रालयका अधिकृत अम्बिकाप्रसाद गौतमले गरेका थिए । सहभागी कुशल भट्टराईले तालिमले आफुलाई छुट्टै उर्जा दिएको बताए । त्यस्तै अर्का सहभागी सूचना लौडारीले असारे महिनामा ६ दिने तालिम अत्यन्तै महत्वपूर्ण भएकोले नै सधैं आफू निरन्तर सहभागी भएको सिकेका कुराहरूलाई सहकारीमा कार्यन्वन गर्ने बताइन । कार्यक्रममा एभरेस्ट साकोसको अध्यक्ष रामबाबु श्रेष्ठले तालिम पश्चात् उपलब्धिमा जोड दिए ।

गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना र एभरेस्ट साकोसको सुन्दरबजारको समन्वयमा सञ्चालित ६ दिने सहकारी ब्यावसाय तथा बजार प्रबद्र्धन तालिम गरिएको हो । सो तालिममा लमजुङको तीन नगरपालिकाहरू सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, इशानेश्वर नगरपालिका तथा तनहूँको भानु नगरपालिकाका ३० वटा सहकारी का ३१ जना प्रतिनिधिहरू सहभागी थिए ।

गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अधिकृत गुरुप्रसाद पौडेलको सभापतित्व, लमजुङ जिल्ला बचत संघका अध्यक्ष दुर्गाभक्त धमालाको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन एभरेस्ट साकोसका सचिव एवम् सुन्दरबजार चेम्बरका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width