बनाईदैको अवस्थाको पुल भाँचियो

आदर्श समाज सम्वाददाता
असार ३०, २०७६
pool photo

लमजुङ, ३० असार । हिमाल पारीको जिल्ला मनाङमा बनाईदै गरेको अवस्थाको एक मोटरेबल पुल भाँचिएर खोलामा पुगेको छ । मनाङको ङिस्याङ गाउँपालिकाको हुम्डे र ङावल जोड्ने निर्माणाधीन मोटरेबल पुल भत्किएर खोलामा झरेको हो ।

चार करोड ५१ हजारको लागतमा निर्माण शुरु भएको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको हो । चालु आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सक्ने लक्ष्य लिएको पुल अहिले भत्किएपछि थप अन्यौल छाएको छ । तीन वर्ष अघि निर्माण सुरु भएको पुल निर्माण सम्पन्न नहुँदै भाँचिएर मस्र्याङ्दी नदीमा खसेको स्थानीयबासीले बतएका छन् । उक्त पुलको निर्माणकार्य ७० प्रतिशत पुरा भएको निर्माणको जिम्मा लिएको क्याराभान कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रामकृष्ण कोन्डाले बताए । उनका अनुसार पुलका लागि राखिएको सपोर्ट पानीले बगाएपछि पुल भाँचिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले एक महिनाअघि नै पुल बांगिएको बताए । उनका अनुसार गाउँपालिका अध्यक्ष कान्छा घले सहित आफुहरूले स्टिलहरू झिकेर राख्न निर्माण कम्पनीलाई भनेको तर अटेरी गरेको हुनाले बर्षायाममा पुल खसेको हो ।

क्याराभान कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर रामकृष्ण कोन्डाले भने ‘स्टिलको काम पूरा हुनै लागेको थियो,’ निर्माणकै क्रममा अचानक पुल भत्किन गएको हो । उनी भन्छन्, ‘पुल लच्किएको जानकारी आउने बित्तिकै कामदारलाई जोड्ने सामग्रीसहित पठाएका थियौं । म्यार्दी खोलामा पुल बगाएपछि सामान लैजान नसक्दा काम गर्न पाइएन ।’ मोटरेवल पुल भत्किएपछि ङिस्याङ– ४, हुम्डेबाट ङिस्याङ–३, ङावलसम्म मोटर पुराउने लक्ष्यमा समेत विश्राम लागेको छ ।

पुल निर्माणको लागि काठमाडौस्थित निर्माण कम्पनी ग्याल्वा क्याराभान कन्स्ट्रक्सन जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । २०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालयले लिएको थियो । पुल २०७५ मंसिर १५ गतेसम्म सक्नुपर्ने थियो । ३५ मिटर लम्बाइ र साढे ४ मिटर चौडाइको पुल खस्दा ५० देखि ६० लाख रुपैयाँसम्म क्षति भएको पराजुलीले बताए ।

उनका अनुसार पुलमा समस्या आएपछि २ महिनाअघि नै सचेत गराएको बताए । पुलमा समस्या आएको जानकारीपछि कामदार १५ दिन अगावै गएको पुर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुली बताउँछन् । उनले भने ‘सम्झौता अनुसार मस्र्याङ्दीमा पानीको बहाव बढेको र हिउँदमा लगाएको टेको पानीले खोतलेपछि धान्न नसकेर पुल झरेको हो ।’

Related News

सम्बन्धित समाचार

hero news full width