पोखरा २९ असार । पोखरा– ११ फूलबारी स्थित भानुपार्कमा बिशेष समारोहका साथ आइतबार २०६ औं भानुजयन्ती मनाइएको छ ।
आइतबार बिहान चिप्लेढुङ्गाबाट निकालिएकोे प्रभातफेरी महेन्द्रपुल, रानीपौवा, सयपत्री चोक हुदै फूलबारी स्थित भानु पार्कमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।
भानुभक्तको पूर्णकदको शालिकमा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा विभिन्न श्रष्टाले भानु सम्बन्धी रचना वाचन गरी श्रद्धा अर्पण गरेका थिए ।
प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले भानुभक्तले नेपाली भाषा र साहित्य प्रति ठूलो गुन लगाएको बताए । मानिसमा रहेको क्षमतामा कुनै वर्ण, लिङ्ग, जात जाति, धर्मले कुनै असर नपर्ने उल्लेख गर्दै घासीले गरेको समाजसेवाबाट भानुभक्तले प्रेरणा प्राप्त गरेको कुरा उल्लेख गरे ।
गण्डकी प्रदेश कार्यालयका प्रमुख सचिव हरिप्रसाद बस्यालले नेपाली वाङ्मय र भाषाको श्रीवृद्धिमा राज्यको जिम्मेवारीपूर्ण भूमिका रहने प्रतिवद्धता जनाए । त्यसैगरी वडा नं. ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले नेपाल मै पहिलो पूर्णकदको भानुभक्तको शालिक पोखरा– ११ रहेको र हरेक वर्ष यही स्थानमा मनाउन पाउदा वडा गौरवान्वित भएको बताए । त्यस अवसरमा प्राज्ञ हरिदेवी कोइरालाले भानुभक्तको रामायण वाचन गरेकी थिइन ।
भानु जयन्ती मूल समारोह समितिका संयोजक प्राज्ञ सरुभक्तको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष पदमराज ढकालले स्वागत तथा सचिव अम्बिका प्रसाद भट्टराईले सञ्चालन गरेका थिए । धन्यवाद भानुमार्गका आमा समूह (क) अध्यक्ष मिठु गुरुङले गरेकी थिइन ।
आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्म जयन्ती मूल समारोह समितिको आयोजना तथा भानु वाङ्मय प्रतिष्ठान आदिकवि भानुभक्त आचार्य साहित्य प्रतिष्ठान, भानु मार्ग आमा समूह (क), भानुमार्ग टोल विकास संस्था (क), पोखरा महानगरपालिकाको सह–आयोजनामा कार्यक्रम भएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
मिस नेपालको पोखरा अडिसन आज
वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता
मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम
सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१