सिद्धार्थ राजमार्ग एकतर्फी संचालनमा

आदर्श समाज सम्वाददाता
असार २९, २०७६
sidha baba sadk oic l

बुटवल, २९असार । दुई दिनदेखि अवरुद्ध बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग आईतबारबाट एकतर्फी संचालनमा आएको छ । लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध पारेको थियो । पहिरो खस्दा एक मोटरसाइकल र त्यसका चालकलाई पनि पहिरोले बगाएको थियो ।

राजमार्ग अन्तगर्त पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले बगाएर निस्दी गाउपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो । लु ५० प ४६७१ नम्बरको मोटरसाईकलमा बुटवलबाट पाल्पाको निस्दी फर्किदै गरेका सुनारीलाई ढुंगा सहितको सुख्खा पहिरोले बगाउँदा उनको मृत्यु भएको थियो ।

अवरुद्ध सडकको दुर्वै तर्फ सवारी साधनको निकै लामो लाइृन लागेको थियो । एकतर्फी रुपमा यातायात संचालनमा आएपछि विस्तारै अवस्था समान्य बन्दै गएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख मधुसुधन पन्तले बताए । विहानवाट वर्षा रोकिएपछि अवरुद्ध सडक सुचारु गर्न निके सहज भएको थियो । सडकमा ठुला–ठुला ढुङगा खसेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width