गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सिधै चीनसंग जोडिने

आदर्श समाज सम्वाददाता
असार २९, २०७६
mukya mantri china a

बुटवल २९ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसंग चीनको छेङ्दु अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने कुरामा चीन सकारात्मक रहेको बताएका छन् ।

चीनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका मुख्यमन्त्री पोखरेलले बुटवलमा पत्रकारहरुसंग कुराकानी गर्दै गौतमबुद्ध विमानस्थललाई नेपालबाट वेइजिङसंग जोड्ने ट्राञ्जिट प्वाइन्टका रुपमा हेरिने गरेको बताए । उनले केरुङ काठमाण्डौं रेलवेलाई लुम्बिनीसंग जोड्न सकिने बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसंग चीनको छेङ्दु अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने प्रस्ताव आफुले राख्दा उनीहरु अत्यन्त सकारात्मक भएको बताए । खास गरी विमानस्थल निर्माणमा चीनियांपक्षको संलग्नता भएका कारण सिचंवान प्रान्तले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सफल होस् भन्ने चाहेको पोखरेलले बताए ।

पोखरेलले चीनियाहरुको पूँजी निर्माणमा उल्लेखीय क्षमता रहेको बताए । –‘हिजोका दिनमा उनीहरु बाहिरको पूँजी आफ्नो मुलुकमा भित्र्याउन चाहन्थे तर अब उनीहरु मुलुकको पुूँजी बाहिर लगाउन चाहन्छन’–मुख्यमन्त्री पोखरेलले भने ।शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरण, पर्यटनको विकासको सन्दर्भमा चीनियांहरुको अनुभव अत्यन्तै समृद्ध रहेको र त्यहांबाट सिकेर विकासको सन्दर्भमा नेपालमा प्रयोग गर्न सकिने उनले बताए । भ्रमण कसैले दिने र कसैले लिने नभइ सम्बन्ध कायम गर्ने उद्धेश्य रहेको उनले बताए । केवल दुई देशका प्रदेशबीचको सरोकार नभइ यो दुई राष्ट्रकै सरोकारको विषय भएको मुख्यमन्त्री पोखरेलले बताए । ‘दुईको देशको संस्कृति, सम्पदा र बुद्धिजमले पनि हामीलाई एकआपसमा जोडेको छ,’–उनले भने ।

प्रदेश ५ ले नेपालको विकासमा गरेको कामबारे चीनको सिचंवान प्रदेशले नजिकबाट मुल्यांकन गरेको उनले बताए । सकारात्मक बाटोमा सम्बन्ध कायम गर्ने र दुई पक्षीय सम्बन्धलाई निरन्तरता दिने कुरा आएको उनको भनाई छ । पोखरेलले भ्रमणका क्रममा प्रदेश नम्बर ५ र सिचंवान प्रान्त, सिचंवान प्रान्तको यान सिटी र दाङको घोराही उपमहानगरपालिका तथा बर्दियाको ठाकुरबाबा नगरपालिका र क्वैचौ प्रान्तको ल्यापान्स्यु सिटीबीच भगिनी सम्बन्ध कायम भएको बताए ।

भ्रमणले दुई प्रदेश, पालिका र जनताबीचको सम्बन्ध अझ बलियो हुने र दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन बल पुग्ने विश्वास पोखरेलले व्यक्त गरे । भ्रमणमा प्रदेश ५ का मुख्यमन्त्री सहित संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width