बर्षाले बुटवल–पाल्पा सडकखण्डमा जोखिम

आदर्श समाज सम्वाददाता
असार २७, २०७६
tinau a

बुटवल २७ असार । लामो खडेरीपछि परेको लगातार वर्षाले पश्चिम नेपालको जनजिवन प्रभावित हुन थालेको छ ।

दुईदिन देखिको वर्षाले नदिहरुमा पानीको सतह बढेको छ । विभिन्न सडकखण्डहरु पनि पहिरोले अवरुद्ध बन्न पुगेका छन् । वर्षादको समयमा निकै जोखिम रहने बुटवल–पालपा सडक खण्ड पनि अवरुद्ध हुदै खुल्दै भैरहेको छ । गएराती अवरद्ध भएको सडक विहान खुलेको थियो ।

फेरि विहान पहिरो खसेपछि ३ घण्टापछि पुन सुचारु भएको छ । सडक विभागको डोजर बुटवल र पाल्पा दुवै स्थानमा राखिएको छ । पाल्पाको केराबारी नजिकै विहान गएको पहोरो हटाई अवरुद्ध सडक संचालनमा आएको टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । यता बुटवलको तिनाउ नदिमा पनि जोखिम बढेको छ । नदि किनारमा रहेका वस्तीहरुमा त्रास वढेको स्थानिय प्रगतीनगर वस्ती विकास समितिका अगुवा धन वहादुर गुरुङले बताए । तिनाउ नदीमा पनि शुक्रबार ठूलो बाढी आएको छ ।

बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदी बुटवलमा जलसतहले सामान्य सतर्कता तह पार गरेको जनाएको छ । तिनाउ नदीमा जलसतह पार भएकाले सर्तकता अपनाउन तिनाउको तल्लो तटिय क्षेत्रका बासिन्दालाई महाशाखाले आग्रह गरेको छ । बुटवलका मुख्य सडकहरुमा पनि पानी भरिएर यात्रा गर्न समेत समस्या भएको छ । कतिपय उद्योग तथा सरकारी कार्यालयहरुमा पनि पानी भरिएको छ ।

उता लगातार वर्षाको कारण गुल्मीको रुद्रबेणी–वामीटक्सार सडक खण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालीका अन्र्तगत बादरे पैह्रो, लुम्दिखोला र उल्र्लीखोला स्थीत डहरे खोलामा पहिरो खसेपछि गए रातीदेखि उक्त सडक अवरुद्ध बनेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनु भएको छ ।

विहिवार पनि डोजर लगायर उक्त अवरुद्ध सडकको पहिरो हटाएपछि सुचारु बनेको सो सडक गए रातीदेखि पुन अवरुद्ध बनेको हो । जिल्लामा सबै भन्दा वढी सवारी साधनहरु संचालन हुने सो सडक अवरुद्ध बनेपछि सयौं यात्रु र सवारी साधनहरु विच वाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सुचारु गर्नका लागि शुक्रवार बिहानैदेखि गाउँपालिकाले डोजर संचालन गरि पहिरो हटाउन शुरु गरेको अध्यक्ष ढकालले बताउनु भयो । वर्षाका कारण गुल्मीका एक दर्जनभन्दा बढी ग्रामिण सडकहरु समेत अवरुद्ध वनेका छन् । सडक अवरुद्ध वनेपछि सवारिसाधनहरु संचालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीहरुलाई समेत समस्या भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width