बलात्कार आरोपितलाई छ वर्ष कैद

आदर्श समाज सम्वाददाता
असार २७, २०७६
Sarwoccha-adalat2019-05-09 (1)

सप्तरी, २७ असार । तेह्र वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक र बलात्कार प्रयास गरेको आरोपमा राजविराज नगरपालिका १० बिरौलका १९ वर्षीय पङ्कजकुमार दासलाई अदालतले बिहीबार छ वर्ष कैदको सजाय गरेको छ ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले आरोपितलाई छ वर्ष कैद र रु २५ हजार जरिवानाको सजाय गर्नुका साथै पीडितलाई रु १५ हजार क्षतिपूर्ति दिलाउन अन्तिम फैसला गरेको श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए । ।

घर फर्किरहेकी बालिकालाई विसं २०७५ असार ३१ गते राति घर लगेर बलात्कार प्रयास गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७५ असार ३२ गते अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणी उद्योगको उजुरी दर्ता गरेका थिए ।

गत साउन १ गते पक्राउ परेका आरोपित जिल्ला अदालतको आदेशमा गत साउन २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । आरोपितले भने अपहरण तथा बलात्कार प्रयासको आरोप अस्वीकार गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width