विपी प्रतिष्ठानका उपकुलपति घुससहित पक्राउ

रासस
असार २७, २०७६
image (1)

धरान, २७ असार । धरानस्थिन विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियारलाई घुससहित अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

उनका भतिजा डा रामहरि रौनियारसहित ८ लाख रुपैयाँ घुस लेनदेन हुँदै गर्दा कार्यकक्षबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनीहरुलाई गए राति ८ बजे नियन्त्रणमा लिइएको हो । प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिशनवापत घुस बुझ्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रवक्ता कोइरालाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width