आन्दोलन फिर्ता होइन स्थगित मात्रै हो–पोखरेल

आदर्श समाज सम्वाददाता
असार २६, २०७६
pressss

बुटवल, २६ असार । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेलले महासंघले सञ्चार सम्वन्धी बिभिन्न बिधेयकको बिरोधमा सुरु गरेको आन्दोलन फिर्ता लिएको नभई स्थगित मात्रै गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको संघीयतामा पत्रकारिताको महत्व र भूमिका बिषयक अभिमूखीकरण तालिमको बुटवलमा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ दल नेकपाको संसदीय दलले सञ्चार सम्वन्धी बिधेयकमा प्रेस स्वतन्त्रताको बिरोधमा भएका बिषय हटाउने र सरोकारवालाहरुसंग छलफल गर्ने लिखित सहमति गरेकाले तत्कालका लागि सडक आन्दोलन स्थगित गरेको बताएका हुन् । उनले भने –‘आन्दोलन फिर्ता गरीएको होइन तेश्रो चरणका सडक आन्दोलन स्थगित गरिएको हो प्रेस स्वतन्त्रताको पक्षमा र सञ्चार सम्वन्धी बिभिन्न बिधेयक माथि छलफल दवाव लगायतका कार्यक्रम जारी रहन्छन ।’

कार्यक्रममा सस्थापक सभापति बाल नरसिंह गुरुङले रुपन्देहीमा पत्रकारको क्षमतामा बृद्वि भईरहको र नयाँ तथा पुरानोको लागि गरीएको अभिमुखीकरण प्रभावकारी हुने बताए ।
नेपाल प्रेस युनियनका सल्लाहकार हरि लम्सालले मुलुक संघीयतामा गएपछि पत्रकारहरुको भूमिका पनि बदलिएकाले पत्रकारले सक्रिय भई पत्रकारिता गर्नुपर्ने बताए ।

कार्यक्रममा सहल्लाहकार डायलसन अधिकारी,रामराज पोख्रेल, सभापति रेखा भुसाल लगायतले बोल्दै प्रेस युनियनमा आबद्ध पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिमहरु आवश्यक रहेको बताउँदै नयाँ पुस्तालाई ज्ञान र पुरानोलाई अभिमुखीकरण प्रदान गरिएको थियो ।युनियनका रुपन्देही सचिव श्यामशंकर पाण्डेको सञ्चालनमा उदघाटन कार्यक्रम भएको थियो । तालिममा ८८ जनाको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width