मृगौला रोगीको उपचारमा सहयोग

आदर्श समाज सम्वाददाता
असार २६, २०७६
kidny rogilai paisa sangkallan

म्याग्दी ,२६ असार । म्याग्दीको बेनीमा जिल्ला युवा सञ्जालले मृगौला पीडितलाई पचास हजार ६ सय ५१ रुपैयाँ सहयोग जुटाएको छ ।

जिल्लाको मंगला गाउँपालिका ५ नेटाका मृगौला रोगी ५५ वर्षीय दीपबहादुर बुढामगरको उपचारमा सहयोग पु¥याउन विहीवार बेनीमा युवा सञ्जालले सञ्चालन गरेको आर्थिक सहयोग अभियानका क्रममा उक्त रकम संकलन भएको युवा सञ्जालका अध्यक्ष सन्दिप शर्मा रिजालले जानकारी दिए ।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले पीडित मगरको उपचारमा रकम अभाव भएको छ ।बुढा मगरको दुईवटा मृगौला फेल भएको र उपचारका लागि आर्थिक अभाव भएकोले उपचारमा सहयोग पु¥याउन युवा सञ्जालले बेनीमा अभियान सञ्चालन गरेको रिजालले बताए ।

संकलित रकम पोखरा गएर हस्तान्तरण गरिने युवा सञ्जालले जनाएको छ । पीडित मगरको दुइमहिना देखि पोखराको फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width