नदी नियन्त्रणमा ग्वाविनवाल

आदर्श समाज सम्वाददाता
असार २६, २०७६
Gyabin V

लमजुङ, २६ असार । लमजुङमा नदी नियन्त्रण र सडक संरक्षणका लागि ग्वाविनवाल लगाउने काम गरिएको छ । राइनास नगरपालिका– २ मा सो वडाकार्यालय र जिल्ला भू–संरक्षण कार्यालयको संयुक्त पहलमा भलायखर्क क्षेत्रका तीन खोलामा ८५ थान ग्वाविनवाल उठाउने काम गरिएको हो ।

कठबटे खोला, ठूलोखोला र खरबारीखोलामा लगाइएको ती ग्वाविनवालका लागि आवश्यक तार–जाली जिल्ला भू–संकरक्षण कार्यालयले सहयोग गरेको र वडा कार्यालयबाट साढे चार लाख रुपैयाँको बजेट विनियोजन गरी सो कार्य गरेको वडाका अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

उनका अनुसार यो अति नै आवश्यक थियो । वडाले मात्र पनि गर्न नसक्ने भएको हुँदा जिल्ला भू–संरक्षणलाई समेत गुहार गरेर काम सम्पन्न गरिएको हो उनले भने । वर्षायाममा खोलाले भू–क्षय बढाउनुका साथै तल खेत पुर्ने र माथि निर्माण गरेका संरचना सडक, खानेपानी आदि योजनामा समेत बर्षेनि क्षति पु¥याउने गरेको थियो । अब यो रोकिन्छ भन्ने विश्वास जागेको वडाध्यक्ष अधिकारीले बताए । उनले भने यी ग्वाविन वालले वडा कार्यालयसम्म पुग्ने मोटरबाटो बरइटार– घडेरी गाउँ– सिम्ले गैरी र कठबटे खण्डको संरक्षण हुने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width